Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

माओवादी केन्द्रको भोलिदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठक, कुन प्रदेशमा बैठक कहिले ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको र साेही  निर्णयका आधारमा बैठक सुरु हुन लागेकाे हाे  ।

सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने सापकाेटाकाे भनाई छ । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ ।

‘भोलि ११ बजेदेखि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक छ । स्थायी समितिको निर्णयसहित एजेण्डा प्रस्तुत हुन्छ । फरक मतको सन्दर्भमा परिपत्रमा जे उल्लेख छ, त्यही अनुसार छलफल हुन्छ’, सापकोटाले भने । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा बैठक असोज ३ गतेसम्म चल्नेछ । 

 कुन प्रदेशमा कहिले बैठक ?

उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते  बस्ने माओवादी केन्द्रले जनाएकाे छ । 

गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते  बस्ने छ भने सुदूरपश्चिम प्रदेशका के.स.तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते बस्ने मिति तय  भएकाे छ ।

यस्तै कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते बस्ने  छ भने लुम्बिनी प्रदेशका के‍.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते  बस्ने माओवादी केन्द्रले जनाएकाे छ । 

माओवादी केन्द्रकाे तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते बस्ने छ भने मधेस प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते  भएकाेकाे छ ।

पूर्व, १ नं प्रदेशका के‍.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते बस्ने मिति तय भएकाे छ भने ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भाद्र २७ र २८ गते बस्ने  भएकाे छ ।

यसैरी प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ र आश्विन १ गते  बस्ने छ भने  ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते  माओवादी केन्द्र केन्द्री कार्यालयदे जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE