काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको र साेही निर्णयका आधारमा बैठक सुरु हुन लागेकाे हाे ।
सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने सापकाेटाकाे भनाई छ । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ ।
‘भोलि ११ बजेदेखि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक छ । स्थायी समितिको निर्णयसहित एजेण्डा प्रस्तुत हुन्छ । फरक मतको सन्दर्भमा परिपत्रमा जे उल्लेख छ, त्यही अनुसार छलफल हुन्छ’, सापकोटाले भने । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा बैठक असोज ३ गतेसम्म चल्नेछ ।
कुन प्रदेशमा कहिले बैठक ?
उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते बस्ने माओवादी केन्द्रले जनाएकाे छ ।
गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते बस्ने छ भने सुदूरपश्चिम प्रदेशका के.स.तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते बस्ने मिति तय भएकाे छ ।
यस्तै कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते बस्ने छ भने लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बस्ने माओवादी केन्द्रले जनाएकाे छ ।
माओवादी केन्द्रकाे तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते बस्ने छ भने मधेस प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते भएकाेकाे छ ।
पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते बस्ने मिति तय भएकाे छ भने ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भाद्र २७ र २८ गते बस्ने भएकाे छ ।
यसैरी प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ र आश्विन १ गते बस्ने छ भने ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते माओवादी केन्द्र केन्द्री कार्यालयदे जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: