काठमाडौ । नेपालीहरु आन्तरिक मात्र होइन बाह्य मुलुकको भ्रमणमा समेत तीव्र रुचि राख्छन् भन्ने तथ्य वार्षिक रिपोर्टले देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र नेपालीहरुले विदेश भ्रमणमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३१.१ प्रतिशतले बढी हो ।
तथापि, समीक्षा वर्षमा नेपाल भित्रिने पर्यटकहरुको संख्या र खर्चमा समेत केही सुधार आउँदा सेवा आयतर्फको भ्रमण घाटा केही घट्न पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ ८२ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो आय ७९ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।
भ्रमण आय र व्यय हिसाब गर्दा यो वर्ष नेपालले ५५ अर्ब ८६ करोड रुपैयाँ खुद घाटा बेहोरेको छ । अघिल्लो वर्ष ७० अर्ब ८९ करोड घाटामा रहेको यस्तो भ्रमण खर्च यो वर्ष २१.२० प्रतिशतले घट्न पुगेको हो ।
तथापि, भ्रमण शीर्षकमा ठूलो खर्च बाहिरिएको देखिए पनि यसको महत्वपूर्ण कारक वैदेशिक शिक्षिक यात्रा नै रहेको प्रष्ट हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गएको वर्ष मात्र वैदेशिक शिक्षाका नाममा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ । यो कूल भ्रमण व्ययको ६६.०५६ प्रतिशतको हिस्सा हो ।
अघिल्लो वर्ष कूल भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: