Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो, प्रेमको नाटकदेखि अनेक प्रलोभनसम्म

खबरडबली संवाददाता

युवतीलाई थाहै नदिइ खिचेका गोप्य भिडियो र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिन थाल्छन् । भारतमा बसेर फेसबुकमार्फत पुरुषले पटकपटक युवतीलाई मानसिक यातना दिन थाल्छन् ।

काठमाडौँ । एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उनीहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन । 

रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व्यक्तिको सोधनीमा उनीहरुले आफ्नो घरको गरिबी र रोजगारीको अवस्थाबारे जानकारी गराए । 

आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै ती पुरुषले किशोरीहरुलाई इमो एपमा कुरा गरेर भारत बोलाए । त्यहाँ २० हजार भारतीय रुपैयाँको जागिर दिने प्रलोभन देखाए । 

केही दिनको कुराकानीमै विश्वास गरेर चार किशोरी अज्ञात व्यक्तिको भनाइको भरमा भारत जान कैलालीको धनगढीस्थित नेपाल–भारत सीमामा पुगे । कहिल्यै एक्लै जिल्ला पार नगरेका ती किशोरीहरुलाई इमो माध्यमबाटै बसपार्कको टिकट कसरी काट्ने र कसरी सीमापार गर्ने तरिका समेत इमोमार्फत ती पुरुषले सिकाएका थिए । 

घरका कुनै पनि सदस्यलाई जानकारी नगराई भारत जान हिँडेका किशोरीहरुलाई माइती नेपाल कैलालीले सीमामा रोक लगायो । 

“ती किशोरीहरुसँग न झोला थियो न कुनै सामग्री । घरमा सकैलाई भन्दै नभनी भारत जागिर गर्न जान लागेका रहेछन्, मानव बेचबिखनको शङ्कास्पद अवस्था लागेर तत्काल रोक्यौँ”, माइती नेपाल कैलालीका संयोजक शिव चरण चौधरीले घटना सुनाउँदै भने, “पछिल्लो समय सामाजिक सञ्जालले दलालतको मनोबल बढाएको छ, मानव बेचबिखनको उच्चतम् खतरा बढ्दो छ ।”

चौधरीका अनुसार फेसबुक, भाइवर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमार्फत दलालले मानव बेचबिखनको जोखना थापिरहेको छ । यहाँसम्म कि अपराधमा संलग्न व्यक्ति वा समूहसम्म सम्पर्कमा पुग्न चुनौती थपिएको पनि उनले बताए । विदेशमा बसेर नेपालमा लक्षितगरी काम गर्ने गिरोह छन् । 

माइती नेपाल कैलालीकै अर्को घटनाले पनि यो समस्यालाई अझ प्रस्ट्याउँछ । फेसबुकमार्फत एक जना भारतीय नागरिकको धनगढीकी युवतीसँग सम्पर्क हुन्छ । सुरुमा फेसबुकबाटै प्रेम भाव प्रकट हुन्छ । 

पछि ती पुरुष नेपालमै आएर युवतीसँग समय बिताउँछन् । विवाह गरेर भारत लैजाने प्रलोभन पार्दै ती पुरुषले युवतीलाई शारीरिक शोषण गर्छन् । पछि मात्रै युवतीले पुरुषको पहिलो बिहे भइसकेको सुइको पाउँछिन् र बिहे नगर्ने जिकिर गर्छिन् । 

युवतीले बिहे इन्कार गरेको दिनदेखि ती पुरुषले जबर्जस्ती दबाब र मानसिक यातना दिन थाल्छन् । युवतीलाई थाहै नदिइ खिचेका गोप्य भिडियो र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिन थाल्छन् । भारतमा बसेर फेसबुकमार्फत पुरुषले पटकपटक युवतीलाई मानसिक यातना दिन थाल्छन् । 

आफूमाथि हिंसा भएको महशुस गरेकी ती युवतीले प्रहरीमा उजुरी गर्ने प्रयास गरिन् । व्यक्तिको पहिचान नखुलेको र तथ्य प्रमाणित नहुँदा उनले उजुरी हाल्ने आधारसमेत हुँदैन । पर्याप्त प्रमाण नहुँदा उनी अहिले चुपचाप पीडा सहेर बस्न बाध्य छिन् । 

राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९’ मा १५ देखि १६ वर्षका किशोरीहरु पूजाका लागि, विवाह गरेर जानेलगायतका प्रलोभनमा परी फेसबुक, इमोबाट चिनजानका आधारमा भारततर्फ लाने गरेको अवस्था उल्लेख छ । 

आयोगले २०७७ फागुन १३ देखि २१ गतेसम्म मोरङ, इलाम, सुनसरी र झापा जिल्लामा गरेको अनुगमनबाट प्राप्त घटनाको प्रकृतिले पनि सूचना प्रविधिको प्रयोग गर्न नजान्दा बेचबिखनको जोखिम बढेको प्रष्ट पार्छ । 

आयोगको अनुगमनमा उल्लेख छ, “एक जना दाङ जिल्लाकी किशोरीले मोबाइलमा फेसबुक चलाउँदा भारतका नागरिकले फेसबुकमा फोटो देखाएर मोडल बनाएदिने प्रस्ताव राखेपछि ती किशोरी दाङबाट रात्रि बस चढेर सुनसरी जिल्लाको भन्टाबारी सीमानाका हुँदै जान लाग्दा निगरानी केन्द्रबाट सम्झाइबुझाई घर फिर्ता पठाएको थियो ।”

त्यस्तै अर्को घटना, सप्तरी जिल्लाकी किशोरी विराटनगरमा बसेर पढ्दै थिइन् । उनलाई भारतीय नागरिकले फेसबुकमार्फत मोबाइल किनिदिने बाहनामा सुनसरीको भन्टाबारी हुँदै भीमनगर आउन भनेपछि ती किशोरी भन्टाबारीको सीमा नाका हुँदै जान लाग्दा उनलाई सम्झाइबुझाई घर पठाइएको घटना पनि अनुगमन प्रतिवेदनमा उल्लेख छ । 

मानव बेचबिखनका मुद्दा बढ्दो 

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समयसापेक्ष रूपमा विभिन्न ऐन नियमहरू तर्जुमा गरिएका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ जारी भएको छ । 

मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाहरूको बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०६८ तथा यसको कार्यान्वयन योजना, २०७१ बनाई लागू गरिएको छ ।

सरकारको निरन्तर प्रयास जति देखिन्छ उति मानव बेचबखिनको सङ्ख्या भने बढ्दै गएको तथ्याङ्कले देखाउँछ । मानव बेचबिखन अनुसन्धान ब्युरोको चार वर्षको तथ्याङ्क हेर्दा मानव बेचबिखनको अवस्था उच्च देखिन्छ । 

आव २०७७/७८ मा १३४ मुद्दा दर्ता भएकामा २०८०/८१ मा सङ्ख्या बढेर १६६ पुगेको छ । महान्यायधिवक्ताको कार्यालयको २०७९/८० को वार्षिक प्रतिवेदन हेर्ने हो भने मानब बेचबिखनविरुद्ध एक सय ९४ मुद्दा परेकामा २१ मुद्दा मात्रै फछ्र्यौट भएका छन् । 

राष्ट्रिय बालअधिकार परिषद्को आव २०७७/७८ मा जम्मा तीन हजार ६५८ बालबालिका हराएका र तीमध्ये ७६.७ प्रतिशत बालिका र २३.२ प्रतिशत बालक रहेका छन् । हराएकामध्ये जम्मा ८१.७ प्रतिशत बालिका मात्र फेला परेको देखिन्छ छ । बालक ८३.८ प्रतिशत फेला परेका छन् । हराएका बालबालिकामध्ये बालिका फेला पर्ने सम्भावना बालकको तुलनामा अत्यन्त न्यून देखिन्छ । 

राष्ट्रिय मानवअधिकार आयोगले मानव बेचबिखनको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे सरकारसँग पटकपटक सिफारिस गर्दै आएका बुँदा कार्यान्वयनको हुन सकेका छैनन् । आयोगले २०७९ मा सरकारसँग मानब बेचबिखनविरुद्धका प्रयासका केन्द्रित सिफारिस २२ बुँदामध्ये एउटा मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको तथ्याङ्कमा उल्लेख छ । 

अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले पछिल्लो समय मानव बेचबिखनविरुद्धका मुद्दा दर्ता बढ्दै जानु भनेको जनचेतना अभिवृद्धि भएको तर्क राखे । उनका अनुसार चेतनाकै कारण पीडितले प्रहरीसमक्ष आएर उजुरी दिनसक्ने भएका छन् । 

यद्यपि मानव बेचबिखनको अवस्था रोकथाम भने हुन सकेको छैन । “मुद्दा दर्ता सङ्ख्या बढ्नु एक अर्थमा सकारात्मक मान्नुपर्छ”, उनले भने, “यो भनेको पीडित सचेत हुँदै गएको सङ्केत हो । तर, हाम्रो प्रयास मानव बेचबिखन न्यूनीकरणमा नै ध्यान दिनुछ ।” 

सूचना प्रविधिको विकाससँगै दलाल संयन्त्र फैलिएको छ । प्रविधिले विश्वव्यापी रुपमा सञ्जाल फैलाउन सूचना प्रविधिले सहज बनाएको उनले बताए । ह्वाट्स एप, भाइबर, इमोजस्ता असङ्ख्य सञ्जाल अपनाएर विदेशबाट दलालले मानव बेचबिखनको महोरा बनाएका थुप्रै मुद्दा रहेको उनले सुनाए । 

मिश्रका अनुसार स्कुलका बालबालिका लक्षित ‘अनलाइन’ शिक्षा दिन जरुरी छ । नेपाल प्रहरीको एक्लो प्रयासले भन्दा पनि स्थानीय सरकार र सङ्घसंस्थाको पहलले सचेना वृद्धि गर्न सजिलो हुने उनले बताए । 

शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले सूचना प्रविधिको माध्यमको प्रयोग सही ढंगले गर्न नजान्दा धेरै किशोरी दलालको चङ्गुलमा पर्ने खतरा बढ्दै गएको बताइन् । यसका लागि सरकारीस्तरबाटै जति सक्दो सुचना प्रविधिको प्रयोगमा जनचेतना दिने अभियान थाल्नुपर्ने उनको धारणा छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending