Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जनार्दनले सोधे- म माओवादीको कहिले हुन्छु ? प्रचण्डको जवाफ- ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै सवाल(जवाफ भएको छ। शनिबार माओवादी केन्द्रको काठमाडौं(रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सवाल जवाफ भएको हो। 

त्यसो त बिहानमात्रै खुमलटार पुगेर प्रचण्डसँग भेटेका उपमहासचिव शर्माले प्रचण्डसामु उनले आफ्नो बद्नाम गराउने प्रयास भइरहेकोे गुनासो गरे। 

उनले अध्यक्ष प्रचण्डसामु भने, ‘पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ । नेतृत्व वरिपरिबाट मेरो सीधा कुरा छ, त्यसमा उहाँको भूमिका कति छ छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिनँ ।’

उनले प्रचण्डलाई हटाएर आफ्नो अध्यक्ष बन्ने चाहना नभएको भन्दै पार्टीलाई समाप्त हुन नदिन प्रचण्डलाई वैचारिक धारको नेतृत्व गर्न सुझाव दिएको बताए । नेता शर्माले आफूले १४ वर्षदेखि काम गरेको पार्टी छोड्ने सोच्न नसक्ने स्पष्टीकरण दिए ।

उनले प्रचण्डलाई भने, ‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला । हुन पाउनुप¥यो नि १ ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भएँ, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’

कार्यक्रममा शर्माको भनाइ :

जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आइपुग्यौँ । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू जो सहभागितामूलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई एउटा वैचारिक रूपमा अघि बढाउनु पर्दैन ? त्यस अरू १००/२०० वर्षसम्म अगाडि बढ्नु पर्दैन ? मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दै छु, मेरो कुरा त्यो हो । 

अरू २०० वर्षसम्म प्रचण्ड बाँचून्, त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हँुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुहोस् । त्यसकारण तपाईंको भूमिका विचार निर्माणमा रहोस् । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । 

यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरूलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर, यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रस्ताव राखेको हो । छलफल हुँदै छ । भूमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढंगले जाँदैनौँ भने हामी सकिन्छौँ । हामी नसकिऔँ, हामी आन्दोलनलाई बचाऔँ भन्ने कुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने ? खपौँला, पार्टीका लागि खप्ने कुरा गरौँला । 

स्थायी कमिटीको बैठकबाट तीनवटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरू थिए । मैले सार्वजनिक रूपमा त्यो भन्नैपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन, अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छ, त्यही वरिपरिबाट, नेतृत्व वरिपरिबाट मेरो सिधा कुरा छ, त्यसमा उहाँको भूमिका कति छ छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । 

म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिनँ, गर्नुपर्छ भनेर मैले भनेको छु । र, निर्णय पनि त्यही भएको छ, गर्ने भन्ने भएको छ । अध्यक्ष मैले बोलेँ पनि भन्नुभएको छ । बोल्नु पनि होला । तेस्रो कुरा, पार्टी निर्माणसम्बन्धी राखेको कुरा विचार, योजनाहरूलाई छलफल गरौँला केन्द्रीय समितिसम्म भन्ने भएको छ । पार्टीमा बहस गर्दा त केही बिगँ्रदो रहेनछन् त । स्थायी कमिटीमा बहस गरियो, त्यहाँसम्म पुगियो । केन्द्रीय समितिमा बहस गर्दा त्योभन्दा राम्रो बन्ला अझ । यो कसरी नराम्रो भयो ? 

पार्टी बनाउने एजेन्डामा छलफल गर्दा कसरी नराम्रो भयो ? आज जुन ढंगले आरोपित गरेर पार्टी खोल मलाई नभनेका होइनन्, भनेका छन् । तर, म किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु मैले । यही पार्टी मेरो हो । मैले किन पार्टी खोल्ने ? यही पार्टी हो नि मेरो । मेरो मात्रै होइन, मजस्ता हजारौँको पार्टी हो नि । मैले त्यो भनेको छु । म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भएँ । 

म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन । एक दिन पनि बिसाएको छैन । कति गल्ती गरे हुँला, कति राम्रो गरे होला । तर, आजसम्म मैले बिसाएको छैन । यो करिब ४८ वर्ष भएछ । ४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरू खपेको छु । 

मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर, साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु– अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रूपमा लाइदिने आरोपको त म के गर्न सक्छु र ? रेको हो ! 

शर्मापछि बोलेका प्रचण्डले बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं । राम्रोका लागि हो ।’

पार्टी फुट्ने चर्चालाई स्थायी कमिटीको बैठकले खारेज गरेको भन्दै शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने प्रचण्डले बताए ।

प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् । त्यसमा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने सहमति भएको छ । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन ।’

जनार्दनमाथि पार्टी फुटाउँदैछ भनेर आफ्नो सचिवालयका व्यक्तिहरु जोडिएको भन्दै प्रचण्डले त्यसमा अनुसन्धान गर्ने बताए ।

उनले भने, ‘मैले त प्रभाकरले पार्टी फुटाउँदैछन् भनेर कहिँ भनेको पनि छैन। सोचेको पनि होइन। तर, भ्रमैभ्रम। वरिपरिकाले भन्दै जाने अर्कोले भन्दै जाने गर्दा साँच्चै पार्टी फुटाउन प्रतिक्रियावादी हिजो पनि लागेकै हुन। आज पनि लागेकै छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई फुटाउन प्रतिक्रियावादीहरू त लागिरहन्छन्। कहिँ न कहिँ आशंकाको तुवाँलो थियो। स्थायी समितिको बैठकको समापनसम्म आउँदा, गर्वको साथ भन्नसक्छु, त्यो तुँवालो हटेको छ। पार्टी फुटको भ्रमलाई चिरिएको छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending