Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती

खबरडबली संवाददाता

ढोरपाटन । हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।

एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ ।

ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी-ढोरपाटन सडक’ पर्छ ।

रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो ।

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ ।

जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधानको पनि चाप निकै हुन्छ । मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन् ।

सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ । सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ ।

त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन । तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ ।

मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरि ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ ।

चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पुर्‍याएको छ । ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रुपमा सवारी साधान ओहोरदोहोर गर्छन् ।

जनैपूर्णिमामा ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उनको भनाइ छ ।

उपप्रमुख कायतले भने, ‘यो सडक संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने रैछ, धेरै पटक बन्द हुँदा खुलाउने काम भने गर्दै आएका छौँ, अहिले पनि मेसिन लगाएर सडक संचालन हुने गराएका छौँ, तर निर्माण कम्पनीले काम पोहोर सालनै सक्नु पर्ने हो तर कत्ति पनि काम गर्न सकेको छैन, यसले पर्यटकलाई सास्ती बनाएको छ, जनैपूर्णिमामा ढोरपाटन आउने भक्तजनलाई सहजताको लागि ठाउँ ठाउँमा सडक मर्मत गरेका छौँ, केही अप्ठ्यारो नपरो भनेर ठाउँ–ठाउँमा मेसिन ‘स्ट्याण्ड बाई’ राखेका छौँ ।’

सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला–ठूला ढुङ्गा हुँदा गाडी बिग्रिएर पर्यटक बीच बाटोमा अलपत्र पर्ने गरेका छन् । बिग्रिएको गाडी बनाउनका लागि नजिकमा ग्यारेजसमेत नहुँदा पर्यटक निरास बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय गुनबहादुर विक बताउँछन् । उनले बर्खाले गर्दा धेरै ठाउँमा सडक बिग्रिएको हुँदा यात्रा गर्न किनै कठिन हुने बताउनुभयो । यति बेला धेरै भक्तजनहरु पैदल यात्रा गरेरै ढोरपाटन जाने गरेको उनको भनाइ छ ।

‘धेरै वर्ष भयो यो बाटो बिग्रिएको, अहिलेसम्म मर्मत भएको छैन, हिउँदमा यस्तैमा पनि गाडीहरु चल्छन्, बर्खामा धेरै गाडी ठाउँ–ठाउँमा बिग्रिन्छन्, ढोरपाटन धेरै सुन्दर छ, त्यही देखेर मान्छेहरु घुम्न आउँछन् तर बाटो देखे भने अर्को पटक आउन धेरै सोच्छन्’ उनले भने, ‘ढोरपाटन पुग्ने बाटोमा राम्रो होटलहरु पनि छैनन्, गाडी बिग्रिएर बीच बाटोमा पर्यटक रोकिए भने बास पाउन पनि गाह्रो हुन्छ, सरकारले यो बाटोलाई गम्भीर रुपमा लिएर स्तरोन्नती नगरे धेरैले दुःख पाउँछन् ।’

तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङ खण्ड वि।सं। २०७१ सालमा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ ।

सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending