Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खबरडबली संवाददाता

मनाङ । ‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो,’ मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरूङले विगत सम्झिँदै भने।

जंलमा गएर सल्लाका रूख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनले बताए। ‘जस्ताको घर बनाए पनि पानी चुहिन्छ। घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ। 

पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो। अहिले त फेरिएको छ। यहाँको स्वरूप पनि फेरिन थालिसक्यो,’ उनी भन्छन्। पहिले माटो र काठले बनेको घरहरू अहिले कङ्क्रिटको मात्र बन्न थालेका छन्।

पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ। काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन।

‘पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो। अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ,’ उनले भने, ‘हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौं। अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो।’

करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे। तर, अहिले पुराना घर मासिँदै गएको छ। स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौंरीको सिङ्ले बाँधेर कडा बनाइन्थ्यो।

पुराना घर संरक्षण गर्नुपर्ने हो। तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन्।  पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरूङ भन्छन्, ‘पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ। तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौं।’ 

गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उनले बताए।

पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे। तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन्। मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरूङ भन्छन्, ‘यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो। अहिले उत्तिकै आकर्षक मानिन्छन्। तर मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ। पुराना घर अस्तित्वको रूपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौं।’

पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे। अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो।माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। 

मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरूङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउँछन्।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउँछन्।उनले भने, ‘माटो र काठको घरको छानामा हिउँ बस्थ्यो। हिउँ फालेर बस्ने गरिन्थ्यो। अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ।’

मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उनी बताउँछन्। 

नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरू छन्। तर पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ।

मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन्। मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरूप परिवर्तन हुँदै आएको छ। नासों–८ का निवर्तमान अध्यक्ष हुपजंग गुरूङ भन्छन्, ‘सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन्। काठ र माटो प्रयोग घट्दै गएको छ। पर्यटकीय क्षेत्र भएकाले स्वरूप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ।’

जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ। यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ। यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending