Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खबरडबली संवाददाता

मनाङ । ‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो,’ मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरूङले विगत सम्झिँदै भने।

जंलमा गएर सल्लाका रूख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनले बताए। ‘जस्ताको घर बनाए पनि पानी चुहिन्छ। घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ। 

पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो। अहिले त फेरिएको छ। यहाँको स्वरूप पनि फेरिन थालिसक्यो,’ उनी भन्छन्। पहिले माटो र काठले बनेको घरहरू अहिले कङ्क्रिटको मात्र बन्न थालेका छन्।

पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ। काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन।

‘पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो। अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ,’ उनले भने, ‘हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौं। अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो।’

करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे। तर, अहिले पुराना घर मासिँदै गएको छ। स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौंरीको सिङ्ले बाँधेर कडा बनाइन्थ्यो।

पुराना घर संरक्षण गर्नुपर्ने हो। तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन्।  पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरूङ भन्छन्, ‘पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ। तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौं।’ 

गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उनले बताए।

पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे। तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन्। मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरूङ भन्छन्, ‘यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो। अहिले उत्तिकै आकर्षक मानिन्छन्। तर मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ। पुराना घर अस्तित्वको रूपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौं।’

पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे। अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो।माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। 

मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरूङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउँछन्।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउँछन्।उनले भने, ‘माटो र काठको घरको छानामा हिउँ बस्थ्यो। हिउँ फालेर बस्ने गरिन्थ्यो। अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ।’

मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उनी बताउँछन्। 

नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरू छन्। तर पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ।

मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन्। मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरूप परिवर्तन हुँदै आएको छ। नासों–८ का निवर्तमान अध्यक्ष हुपजंग गुरूङ भन्छन्, ‘सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन्। काठ र माटो प्रयोग घट्दै गएको छ। पर्यटकीय क्षेत्र भएकाले स्वरूप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ।’

जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ। यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ। यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending