काठमाडौं । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि होली सी र भेटिकन सिटीका महामहिम राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल र होली सीबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भयो । उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबिच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्ध प्रति खुसी व्यक्त गरे ।
‘‘नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा वृहत् मानव कल्याणका मान्यताहरूमा अटल विश्वास राख्ने मुलुक हुन्, उनले भने, ‘‘शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्याउन नेपालले सरोकारवालाहरूसँग हातेमालो गर्दै आएको छ ।’’ उनले होली सी विश्व शान्ति प्रति कटिबद्ध मुलुक भएको सन्दर्भमा दुई मुलुकले यो उद्देश्य हासिल गर्न योगदान दिन सक्ने बताए ।
उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यो उद्देश्य प्राप्तिका लागि सरकारले लगानी तथा वैदेशिक व्यापारका क्षेत्रहरूमा साझेदारीहरू विस्तार गर्दै लैजाने योजना बनाएको बताए ।
‘‘हाम्रा दुई मुलुकबिच अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, साना मुलुकहरूको मुद्दा, आपसी सद्भाव तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू रहेका छन्, उनले भने, ‘‘दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा आपसी हितलाई सुनिश्चित गर्नको लागि हामी होली सीसँग सहकार्य गर्न तयार छौ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: