Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

टिआरसी विधेयकमा अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेका छन् : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताएका छन्। मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभामा पेस गरिएको विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने र प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताएका हुन्।

सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रूपमा लिनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबीसमेत गरे। विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो उनको भनाइ थियो।

उनले भने,‘टीआरसीसम्बन्धी विधेयक समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भएको छ। त्यस सम्बन्धमा पोलिटिकल लिडरहरूले आफ्नो राय व्यक्त गर्ने सिलसिला चल्छ। अनि  पास हुन्छ र राष्ट्रिय सभामा जान्छ। यो एउटा ठोस उपलब्धिको रूपमा, कोशेढुंगाको रूपमा काम हुनेछ।’

राष्ट्रिय अन्तर्राष्ट्रिय चासो जोडिएकाले पनि पनि यसमा गम्भीरतासाथ काम गरिएको उनको भनाइ थियो।

‘यो समायानुकूल ऐन, जुन पीडितमैत्री, पीडित केन्द्रित भएर अगाडि बढाउने हामीले कोशिस गरेका छौँ,’ उनले भने, ‘यस सन्दर्भमा विभिन्न पक्षहरूसँग कुराकानी पनि गरेका छौँ। यसले सकारात्मक बाटो लिएको छ। अहिले विभिन्न देशहरूको पनि यसमा चासो छ। विभिन्न देशका एम्बेसडरहरूले पनि चासो लिएका छन्। संयुक्त राष्ट्र संघको तर्फबाट होस् अथवा ब्रिटिसको होस्, अथवा विभिन्न देशका एम्बेस्सीहरू हुन्, सक्रिय छन् यसमा। र हामी यसलाई सफलताका साथ अघि बढाउँछौँ भन्ने लाग्छ। हामी विदेशीहरूको नक्कल धेरै गर्दैनौँ। किनभने थुप्रै देशहरू भन्दा हामीले राम्रो प्रगति गरेका छौँ यस मामिलामा।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending