चितवन। मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए । उनले भने, “स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग परे । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उनले बताए ।
माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आएका देवराज बरालले पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताए । उनले भने, “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ ।”
पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उनले जानकारी दिए । उनले भने, “हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ ।” यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बीमामार्फत उपचार गराउँदै आएको बताए ।
अस्पतालको टिकट काउन्टर अगाडि भेटिएका उनी पेटमा समस्या भएर अस्पताल आएका हुन् । उनले भने, “स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ ।” थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उनले खुसी व्यक्त गरे । आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उनले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताए ।
यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।
आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए। एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताए। अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उनले बताए ।
उनले भने, “बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ ।” स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १२:५४
सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य ब...
श्रावण ८ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...
श्रावण ८ गते, २०८३ - १२:२७
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...
श्रावण ८ गते, २०८३ - १२:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...
श्रावण ८ गते, २०८३ - १२:०९
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...
श्रावण ८ गते, २०८३ - ११:४२
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल...
श्रावण ८ गते, २०८३ - ११:१३
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुव...
श्रावण ८ गते, २०८३ - १०:५६
नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालय...
श्रावण ८ गते, २०८३ - १०:४४
झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ...
श्रावण ८ गते, २०८३ - १०:२६
सुलीकोट। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठुलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ...



प्रतिकृया लेख्नुहोस्: