रौतहट । रौतहट स्थित बिपदको घटनामा परेर १ बर्षमा ३८ जना मानिसको मृत्यु,१ बेपत्ता,५० बढी घाईते हुनुका साथै करोडौंको क्षती भएको छ।
गत आर्थिक वर्ष २०८०/०८१ मा बिपद जन्य घटनामा परेर ३८ जनाको ज्यान जानुका साथै करोडौंको क्षती भएको हो।
एक बर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाईते भएका थिए। आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाईते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षती भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ।
त्यसैगरी अबिरल बर्षा संगै १४ वटा बिभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षती भएको थियो। गत आर्थिक बर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाईते भएका थिए।
सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाईते भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाईते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक बर्षमा कुल ३२५ वटा भएको बिपद जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षती,२ हजार ७२ परिवार प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गत आर्थीक बर्षमा जिल्ला बिपद व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप बितरण गरिएको सिडियो हिरालाल रेग्मीले जानकारी दिएका छन।
अबिरल वर्षासँगै आउने बाढीको समय सचेत रहन तथा बालबालिका लाई निगरानी गर्न प्रहरीले सूचना मार्फत पटकपटक आग्रह गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...
श्रावण ८ गते, २०८३ - १४:५८
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत ९छैटौं तह० उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...
श्रावण ८ गते, २०८३ - १४:४५
नयाँदिल्ली। भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्त...
श्रावण ८ गते, २०८३ - १३:३१
विराटनगर । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५...
श्रावण ८ गते, २०८३ - १३:०७
काठमाडौं। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. ...
श्रावण ८ गते, २०८३ - १२:५४
सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य ब...
श्रावण ८ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...
श्रावण ८ गते, २०८३ - १२:२७
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...
श्रावण ८ गते, २०८३ - १२:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...
श्रावण ८ गते, २०८३ - १२:०९
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...



प्रतिकृया लेख्नुहोस्: