Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

खबरडबली संवाददाता

बाँके। जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् ।

कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताए । 

यो सडक निर्माणले कोहलपुरको १२ र १३ नं वडामा पर्ने दुर्गम भेगका ग्रामीणबस्ती सडक सञ्जालसँग जोडिनुका साथै बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर सुधार ल्याउन ठूलो सहयोगी हुने भएकाले प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

अन्तरप्रदेश पर्यटन मार्ग निर्माणको पहल गर्न चार वर्ष अगाडिदेखि कोहलपुर–१२ र १३ का नागरिकले संयुक्त पहलमा सङ्घर्ष समिति बनाएर निरन्तरको दबाबपछि निर्माण प्रक्रिया सुरु भएको कोहलपुर–१३ खड्कवारका स्थानीय एवं पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले बताए। 

“चप्परगौडी–घुइँयाबारी सडक निर्माण सुरु हुँदा हामी सबै खुसी भएका थियौँ, अहिले कामले गति लिन सकेको छैन”, उनले भने, “सल्यान र बाँकेका ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि यो सडक निर्माणमा राज्यले प्राथमिकता दिनुपर्दछ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले पनि यो सडक महत्वपूर्ण मानिने पूर्ववडाध्यक्ष ओलीले जानकारी दिए । 

सडक छेउ कोहलपुर–१३ मा खड्कवार सामुदायिक होमस्टे ९घरबास० सञ्चालनमा छ । चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग सञ्चालनमा आए पाहुनाको थप चहलपहल बढ्ने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताए। 

स्थानीय नागरिकको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा ‘निकुञ्जको अतिआवश्यक कालोपत्र बाटो’ भनी उल्लेख गरिएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘दुई प्रदेशको रणनीतिक महत्वको बाटो’ भनी उल्लेख भएको छ ।

चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणमा गत दुई आर्थिक वर्षमा रु आठ करोडको बजेट विनियोजन भएर काम सुरु भइसकेको छ । यो वर्ष रु पाँच करोड विनियोजन भएको प्रतिनिधिसभाका सांसद सूर्य ढकालले जानकारी दिए । 

“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्यूठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक निर्माणमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने योजना छ”, सांसद ढकालले भन्नुभयो, “सडक सञ्चालन गर्नसके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायत जिल्लाहरुमा पुर्‍याउन सकिन्छ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्जलगायत क्षेत्र यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले यसको महत्व बढी रहेको स्थानीय बताउँछन् । यो मार्ग बनाउनका लागि लामो समयदेखि कुरा उठ्दै आए पनि अहिले मूर्तरुप लिनेगरी प्राथमिकता पाएको सांसद ढकालले जानकारी दिए । यसलाई सफल बनाउन आफूले सधैँ सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending