काठमाडौं । पछिल्लो समय साधारण शेयर (आइपीओ) प्रति सर्वसाधारणहरुको आकर्षण बढिरहेको छ । विभिन्न कम्पनीहरूले सर्वसाधारणका लागि प्राथमिक सेयर लिन आवेदन जारी गर्ने गरेका छन् । पछिल्लो समयमा २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन् भने सक्रिय डिम्याट खाता २० लाख भन्दा बढि रहेका छन् ।
आइपीओ भनेको के हो
कुनै पब्लिक कम्पनीले पुँजी संकलनको लागी प्रथम पटक आफ्नो कम्पनीको सेयर जनतालाई पनि लगानीको लागी निश्कासन गरेको सेयरलाई आइपिओ भनिन्छ। आईपीओको माध्यमबाट कम्पनीले आफ्नो शेयर बिक्री गर्नुपर्ने तीन वटा कारण हुन्छन् । पहिलो, नियामक निकाय वा सरकारले विभिन्न प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादनमूलक कार्य गर्ने कम्पनीहरूले लाभ आर्जन गर्दै गर्दा स्थानीय जनताले पनि लाभ पाउन सकून् भनेर नीतिनिर्माण गर्दैका बखत नै शेयर बिक्री गर्नुपर्ने नियम बनाएका हुन्छन् । यसको उदाहरण जलविद्युत् कम्पनी हुन् ।
दोस्रो, वित्तीय क्षेत्रका कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने कानूनमै लेखिएको हुन्छ । यी कम्पनीहरूले सर्वसाधारणबाट निक्षेप, बीमा प्रिमियम वा अरू किसिमबाट रकम संकलन गरी पुनः लगानी गर्ने भएकाले पब्लिकको निगरानीमा हुनुपर्छ भन्ने मान्यतामा यस्तो नियम बनाइएको हुन सक्छ । बैंक, वित्त र बीमा कम्पनी यसका उदाहरण हुन् ।
तेस्रो, कम्पनीले आफ्नो व्यवसाय अगाडि बढाउने क्रममा थप पूँजीको आवश्यक भएमा शेयर बिक्री गर्छन् । बाध्यकारी नियम नहुँदा पनि जलविद्युत्, बैंक, बीमा बाहेकका कम्पनी यसै उद्देश्यले पूँजी बजारमा आएका हुन् भन्न सकिन्छ ।
बैंकमा खाता खोल्ने
कुनै पनि कम्पनीको आईपीओमा आवेदन दिन तथा शेयर कारोबारका लागि सर्वप्रथम व्यक्तिको वाणिज्य बैंक तथा विकास बैंकका क, ख र ग वर्गका बैंकहरुमा जुनसुकै किसिमको बचत खाता रहेको हुनुपर्दछ ।
डिम्याट खाता खोल्ने
आइपीओ भर्न वा कुनै पनि शेयर कारोबारको लागि डिम्याट खाता अनिवार्य रुपमा चाहिन्छ । डिम्याट (हितग्राही) खोल्नका लागि खाता पहिले नै बैंक खाता छ भने सोही खाता प्रयोग गर्न सकिन्छ । तर, बैंक खाता चालु अवस्थामा हुनुपर्दछ ।
मेरोशेयरको खाता
बैंक खाता र डिम्याट खाता भइसकेपछि आफ्नै मोबाइल वा अनलाईनबाट आईपिओ भर्न मेरो शेयरको खाता खोल्नु पर्दछ । बार्षिक ५० रुपैयाँ लाग्ने मेरो शेयर सिडिएस एण्ड क्लीयरिङ हाउसको व्यवस्थापनमा सञ्चालनमा छ । मेरो शेयरमा खाता खोलिसकेपछि तपाईले अनलाईनबाटै शेयर खरिद बिक्री सम्बन्धी काम गर्न सक्नुहुन्छ भने तपाईको डिम्याट खातामा कति शेयर छ भनेर हेर्न सक्नुहुन्छ । त्यस्तै शेयर बिक्री गर्दा ट्रान्सफर गर्न सक्नुहुन्छ । आईपिओ पनि मेरो शेयरबाटै भर्ने व्यवस्था गरिएको छ । मेरो शेयर भएन भने आस्बा सदस्य भएका बैंकमा पुगेर शेयर भर्नुपर्दछ
सिआरएन नम्वर
क्यापिटल मार्केट कम्पनीबाट डिम्याट खाता खोलिसकेपछि सोही नम्वर राखेर पुनः आफ्नो बैंक खाता भएको बैंकमा गएर वा अनलाईनमार्फत सिआरएन रजिष्ट्रर फर्म भर्नुपर्दछ ।
आइपीओ भर्ने तरिका
मेरो शेयर आइडी र पासवर्ड तयार भइसकेपछि जुनसुकै कम्पनीको आइपीओमा आवेदन दिन सकिन्छ । साथै आफ्नो शेयर कति छ भनेर हेर्न पनि सकिन्छ । यसका लागि मेरो शेयरको वेबसाइटमा गई सर्वप्रथम लगइन गर्ने ।त्यसपछि लेफ्ट कर्नरमा रहेको ‘माइ आश्वा’ मा गई अप्लाई इश्युमा जानु पर्दछ । त्यसपछि आइपीओ आवेदन खुल्ला रहेको कम्पनीको राइट साइडमा गई अप्लाईमा क्लिक गरी आवेदन दिन सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: