Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राजनीतिक प्रतिशोधको ‘चक्रव्यूह’ मा सिआइबी, यस्तो छ सुनदेखि सहकारी प्रकरणसम्ममा लुकेको अन्तर्र्य

खबरडबली संवाददाता

काठमाडौं । ठुला र संगठित अपराध अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काम गर्छ भन्ने विश्वासलाई राजनीतिक हस्तक्षेपले तुषारापात गर्न थालेको छ।

जतिसुकै गल्ती गरे पनि नेता र ठुला मान्छे पक्राउ पर्दैनन् भन्ने सर्वसाधारणको धारणालाई गलत साबित गर्न सक्रिय रहँदै आएको सिआइबीमा राजनीतिक दलहरूको आँखा लाग्न थालेको छ। ब्युरोको स्थापना गर्दा यसलाई विश्वसनीय, निष्पक्ष र साहसी संस्थाको रूपमा हेरिएको थियो।

गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको ब्युरोले दर्जनौं पुराना घटना र नयाँ घटनाको पर्दाफास गरिसकेको छ। ब्युरो राज्य तथा जनताबाट अत्यधिक विश्वास पाएको संस्था पनि हो। 

छिमेकी मुलुक भारतमा कुनै ठुला घटनामा केन्द्रीय जाँच ब्युरो (सिबिआई) बाट अनुसन्धान गरेपछि मात्र त्यसमा विश्वास गरिन्छ। नेपालमा पनि सिआइबीले अनुसन्धान गरेपछि मात्र त्यसमा विश्वास गर्न थालिएको थियो। नेपालमा पनि गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा सिआइबीलाई खटाउन गरिन्छ।

अघिल्लो वर्षको साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो तस्करीको सुनका विषयमा पनि सिआइबीले अनुसन्धान गरेको थियो। विभागले १९ दिन अलमल्याएको अनुसन्धानलाई सिआइबीले लयमा ल्याएको थियो । तर यही संगठनमा यतिबेला अघोषित रूपमा राजनीतिक हस्तक्षेप सुरु भएको छ। हेर्दा सामान्य सरुवाको मात्र विषय भए पनि त्यसभित्र लुकेका अन्तर्र्य राज्यशक्तिको दुरूपयोगसँग जोडिएको छ।

कुनै बेला सिआइबीले बहालवाला सांसदलाई पक्राउ गरेर ठुला र सानालाई ऐनबराबर हो भन्ने प्रमाणित गरेको थियो । सिआइबीले रातो पासपोर्ट (कूटनीतिक राहदानी) बिक्री गरेको आरोपमा सांसदलाई पक्राउ गरेर चर्चा मात्र बटुलेन, अनुसन्धानमा नेपाल प्रहरीको गिर्दो साखलाई समेत जोगाएको थियो। तर यतिबेला यही सिआइबी राजनीतिक दलका नेताहरूमाथि लागेको आपराधिक आरोप लुकाउने थलो बनेको छ। 

आरोप कसले कति लुकाउने र सिआइबीमा कसलाई पठाएर अनुसन्धान कमजोर बनाउने भन्ने प्रतिस्पर्धा नै चलेको छ। सिआइबी प्रमुख रहेका श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको छ। उनलाई चार महिनामै सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले एआइजी ज्ञवालीमाथिको छानबिन अर्का एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ।

ज्ञवालीमाथि प्रहरी संगठनकै बदनाम हुनेगरी अनुसन्धान प्रभावित गरेको, पद र शक्तिको दुरूपयोग गरेको आरोप छ। त्यस्तै अनुसन्धान भइरहेका विभिन्न आरोपित र व्यापारिक घरानासँग हिमचिम बढाएको आरोप पनि उनीमाथि छ। 

उनीमाथि लागेका आरोपमा अनुसन्धानले सत्यतथ्य बाहिर ल्याउला तर उनलाई सिआइबीमा लैजाने र त्यहाँबाट फिर्ता गर्ने प्रक्रिया नै गलत थियो। सिआइबी प्रमुखको भूमिकामा रहेर करिब ६१ किलो तस्करीको सुन प्रकरणमा सफल अनुसन्धान गरेकी एआइजी किरण बज्राचार्यलाई त्यहाँबाट हटाएर ज्ञवालीलाई लैजानु नै गलत थियो।

तत्कालीन गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेका बेला सुन तस्करीसम्बन्धी अनुसन्धान आयोगको प्रतिवेदनलाई हतियार बनाएर बज्राचार्यलाई सिआइबीबाट सरुवा गरिएको थियो।बज्राचार्यलाई मात्र होइन, सुन तस्करीमा माओवादीको ‘कनेक्सन’ खुलाउने र सहकारीमा लामिछाने जोडिएको विषयमा अनुसन्धान गरिरहेको टिमलाई नै सरुवा गरिएको थियो। समग्रमा सिआइबीको साखमाथि तत्कालीन गृहमन्त्री लामिछानेले गरेको प्रहारलाई अहिलेको सरकारले ज्ञवालीको सरुवा गरेर निरन्तरता दिएको छ।

पदीय मर्यादा दुरूपयोग गरेको आरोपमा पूर्ववर्ती सरकारका गृहमन्त्री लामिछानेले सिआइबी प्रमुख बज्राचार्यलाई हटाएर त्यहाँ ज्ञवालीलाई ल्याएका थिए। आगामी भदौ २६ मा ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका ज्ञवालीले पनि सिआइबीको मर्मबमोजिम नै विभिन्न प्रकरणमा अनुसन्धान अघि बढाएका थिए। 

ज्ञवालीमाथि बाल मन्दिरको सरकारी जग्गा दुरूपयोग, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना, अन्य केही ठुला भनिएका प्रकरणमा पक्राउ पुर्जी जारी भएका आरोपितसँग उठबस गरेको आरोप लागेपछि आन्तरिक छानबिन थालिएको प्रहरी प्रधान कार्यालयको दाबी छ।

यो दाबीभन्दा पनि सरकार बदलिएपछि प्रतिशोध साँध्ने शृंखलाअन्तर्गत सिआइबीलाई विवादमा तान्ने प्रयास भएको छ। तत्कालीन गृहमन्त्री लामिछानेले सिआइबीले सहकारीका सबै फाइलहरू झिकाएर अनुसन्धान गरिरहेकै बेला त्यसलाई ढाकछोप गर्न प्रमुख बज्राचार्यसहितलाई सरुवा गरेका थिए। त्यसका लागि लामिछानलेलाई सुन आयोगको प्रतिवेदन देखाएका थिए । अहिले पनि केही प्रकरण ढाकछोप गर्न ज्ञवालीको सरुवा भएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयको छानबिन समिति सहयोगी बनेको छ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकार फेरिनेबित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलिका दिनमा आइजिपी (प्रहरी महानिरीक्षक) वसन्त कुँवरमाथि पनि छानबिनको विषय उठ्न सक्ने भन्दै गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न गरेका थिए। जवाफमा आइजिपी कुँवरले तालुक कार्यालयबाट आएको उजुरीका आधारमा छानबिन समिति बनाइएको बताएका थिए।

सोही समितिको बैठकमा एमालेका सांसद रघुजी पन्तले पनि सरकार फेरिएपछि सिआइबी प्रमुखमाथि छानबिन गर्ने प्रवृत्ति विकास हुन दिन नहुने बताउँदै यसले संगठनको छवि धुमिल हुने आशंका गरेका थिए। ‘सिआइबीमा हिजो एउटा टिम थियो। 

सरकार फेरियो र अर्को टिम आएर छानबिन गर्‍यो। त्यो टिममाथि छानबिन आज भइरहेको छ। भोलि आउनेले अहिलेको टिममाथि छानबिन गर्ने हो भने प्रहरीको विश्वसनीयता कहाँ रहन्छ ?’ पन्तले भनेका थिए । तर गृहमन्त्री रमेश लेखकले यसलाई सामान्य प्रक्रिया भएको भन्दै टारेका थिए।

अपराध अनुसन्धानलाई नियमित र गतिशील प्रक्रियाका रूपमा परिमार्जन गर्दै लानुपर्छ भन्ने मान्यताका साथ स्थापना भएको सिआइबीलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने प्रहरी अधिकारीहरू नै बताउँछन्। सिआइबीको नेतृत्व गरेका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले यो सस्थामाथि यो तहको राजनीति हुनु विडम्बना भएको बताए।

उनले जटिल प्रकृतिका घटनाको अनुसन्धानका लागि सिआइबी छ भन्ने विश्वास कायम राख्नुपर्नेसमेत बताए। ‘तस्करीको सुनसम्बन्धी छानबिन समिति वा आयोगले देखेका, सुनेका, बोलेका कुरालाई संकलन गरेर प्रतिवेदन तयार पारेको छ, अनुसन्धान गरेको छैन, आयोगको प्रतिवेदन अनुसन्धानको मिसिल होइन, यस्तो विषयलाई लिएर अघिल्लो सरकारले सिआइबी प्रमुखसहित टिमको सरुवा गर्‍यो, त्यहीनिर गल्ती भएको थियो । 

अहिलेको सरुवालाई अघिल्लो सरकारप्रतिको प्रतिशोधका रूपमा लिइयो, जुन गलत हो’, मल्लले भने। मल्लले सिआइबीलाई राजनीतिक हस्तक्षेपमुक्त राख्नुपर्ने बताए। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending