Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

८० वर्ष पुग्दा पनि डोरी बेचेर जीविका चलाउन बाध्य छन् बन्धु राना

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ। उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा  तीस हजार बढी आम्दानी गर्दै आएका छन्।

बजारमा सिमेन्ट राख्न प्रयोग भएका खाली बोराहरु खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाट्ने गरेका छन्।

डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन्। एउटै डोरी रु दुई सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गरेको छ। “घरमै बसेर डोरी तयार गर्छौ” उनले भने, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुर्‍याएर बिक्री गर्दै आएको छु।”

 दैनिक एक हजार जतिको डोरी बिक्री हुने गरेको उनी बताउँछन्। डोरी बेच्नकै लागि बिहानीको खाना खाएर गाउँ चहार्दै हिँड्ने राना साँझ अबेर मात्रै घर फर्कने गर्दछन्। डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथलगायत बनाउने गर्दछन्। सबैभन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ।  गाई गोरु बाँध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताए।

डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन्। “धेरै परिवार हुँदा आर्थिक अभाव सधैँ भैरहन्थ्यो” उनले भने, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुँदैनथ्यो, गोठालो जान्थेँ, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिकेँ। पहिला बाबियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो। खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे। जबदेखि बजारमा प्लाष्टिका डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे।”

जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनी बताउँछन्।

व्यावसायिक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेरपछि गर्न थालेको उनको भनाइ छ। घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उनले सहयोग गर्छन्। विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भएपछि रानाले दोस्रो विवाह भने गरेका छैनन्। जेठो दाजुको घरमा बस्दै आएका छन्।

डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन्। “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाएँ” डुठ्ठा रानाले भने, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे।” परिवारलाई आवश्यकता परेका बेला उनले आर्थिक सहयोग गर्दा नै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ छ।

“घरमा ठूलो काम गर्दा लाग्ने पैसा उहाँले नै दिनुहुन्छ” उनले भने, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइँ गर्नुहुन्छ। उमेर छँदा डोरी बेचेर महिनामै रु ५०/६० हजारसम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाइ पनि घटेको छ।”

घर खर्चसँगै आफूलाई आवश्यक भएको लुगाफाटो, जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आएका छन्। आफूलाई चाहिने खर्च अरुसँग मागेको अहिलेसम्म नदेखेको डुठठा बताँछन्। “हामीले आपतविपत परेका बेला उहाँसँग पैसा माग्छौँ उहाँले अहिलेसम्म हामीसँग पैसा माग्नुभएको छैन” उनी भन्छन्।

 पूर्व वडा अध्यक्ष जगता राना  पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफूले बन्धुलाई चिनेको बताउँछन्।  उनी भन्छन्,“व्यावसायिक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नुपर्ने हुन्छ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending