काठमाडौँ । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गरेको हो ।
साथै उनले आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छन् ।
स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन असम्भव भएकाले डेंगुको रोकथाम नियन्त्रणका लागि व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए।
डेंगुबाट हुनसक्ने क्षतिलाई कम गर्न डेंगु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सबैको प्रयासले मात्र सकिने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैलाई सहभागिता, सहजीकरण एवम् समन्वय गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा वृद्धि नभए पनि जोखिम कायम रहेकाले सचेत रहन मन्त्रालयको आग्रह छ ।
पुसदेखि नेपालमा ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँका ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्ति दीर्घरोगी भएको मन्त्रालयले उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - १७:३७
काठमाडौँ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति, गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौ...
माघ १४ गते, २०८२ - १७:३२
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल चुनावी मत माग्न नभई दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन्। सर्लाही क्षेत...
माघ १४ गते, २०८२ - १७:१८
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्। मंगलबार काठमाडौ...
माघ १४ गते, २०८२ - १७:०८
काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ। मं...
माघ १४ गते, २०८२ - १६:५५
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आय...
माघ १४ गते, २०८२ - १६:४१
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ। यसपटक १०६ जना नयाँ उम्...
माघ १४ गते, २०८२ - १६:१८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...
माघ १४ गते, २०८२ - १६:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...
माघ १४ गते, २०८२ - १५:५९
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...
माघ १४ गते, २०८२ - १५:४१
मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...




प्रतिकृया लेख्नुहोस्: