Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

एलडिसीमा स्तरोन्नतिपछिका चुनौती कम गर्न बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड

खबरडबली संवाददाता

काठमाडौँ। नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी)को सहयोगमा हालै गरिएको नेपालको एलडिसी ग्रेजुएसनः डब्लुटिओ दायित्वहरूमा प्रभाव कम गर्न व्यापार नीतिमा सुधारसम्बन्धी अध्ययनमा सो कुरा उल्लेख छ ।  

अध्ययनले नेपालका लागि कानुनी र नियामक ढाँचामा सुधार गर्नुपर्ने, संस्थागत कार्यविधिमा सुधार गर्नुपर्ने, मानव संसाधनको क्षमतामा सुधार गर्नुपर्ने, निर्यात बजारलाई विविधीकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । साथै अध्ययनले गैरभन्सार अवरोधहरू सम्बोधन गर्न राष्ट्रिय क्षमताको सुदृढीकरण, राष्ट्रिय स्तरको विकास, प्रमुख व्यापार साझेदारहरूसँग पारस्परिक मान्यता सम्झौताहरू, नेपाल व्यापार एकीकरण रणनीतिले प्राथमिकतामा राखेका उत्पादनहरू प्रवद्र्धन, स्तरोन्नति भएका अन्य देशहरूको अनुभव लगायतमा ध्यान दिन सकिएमा नेपालका लागि सहयोग पुग्ने सुझाव दिएको छ ।  

स्तरोन्नतिपछि आइपर्ने चुनौतीलाई आफ्नो हित अनुकूल अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिने क्षमता कायम राख्न नेपालले कानुनी र नीतिगत सुधारलाई तीव्रता दिनुपर्ने र संस्थागत एवं मानव संसाधन क्षमतालाई बलियो बनाउनुपर्नेमा यहाँ आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा सहभागी नीति निर्माताहरू, व्यापार विशेषज्ञहरू, विकास साझेदारहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको साझा धारणा रहेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपालको स्तरोन्नति तयारीका सम्बन्धमा निजी क्षेत्रले उठाएका चासो र दिएका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गरे। सहसचिव देवराज जोशीले एलडिसीबाट स्तरोन्नति नेपालको लागि चुनौती र अवसर दुवै रहेको बताउँदै यसलाई ध्यानमा राखी नेपालले व्यापारसम्बन्धी नीति र कानुनमा सुधार जारी राख्न आवश्यक रहेको बताए।

अध्ययन प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै व्यापारविज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले कृषि, अनुदान, बौद्धिक सम्पत्तिको अधिकार र व्यापार सहजीकरण सम्झौतासम्बन्धी सम्झौतालगायत विश्व व्यापार सङ्गठनका नयाँ दायित्वहरूको पालना गर्नसक्ने क्षमता नेपालमा हुनुपर्नेमा जोड दिए। 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रका अन्तर्राष्ट्रियविज्ञ अभिजित दासले स्तरोन्नतिसँगै नेपालले अन्तर्राष्ट्रिय व्यापारका कडा नियमहरू सामना गर्नुपर्ने तथा भन्सार सुविधाहरू गमाउने जोखिमबारे सचेत गराउँदै  एलडिसीबाटको सङ्क्रमण सहज हुने सुनिश्चित गर्न आवश्यक कार्ययोजना बनाई तयारी थाल्नुपर्नेमा जोड दिए। नेपाल महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपाल स्तरोन्नतिका लागि अझै परिपक्व नभएको उल्लेख गर्दै महिला व्यवसायीले अन्तर्राष्ट्रिय व्यापारमा अधिकतम फाइदा लिनसक्ने गरी तयारीका लागि महिलाको क्षमता बढाउन र सार्वजनिक निजी संवाद व्यापक बनाउन सुझाव जोड दिए ।

निजी क्षेत्रका अन्य प्रतिनिधिहरूले उत्पादन तथा निर्यात लागत अन्य देशको तुलनामा बढी रहेको कारण नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता कम हुन गएको, नेपाली उद्योगहरू जोखिममा जान सक्नेबारे विश्लेषण तथा प्रमुख गन्तव्य मुलुकहरूसँग नेपाली वस्तुका लागि विशेष सुविधाका लागि अनुरोध गर्नुपर्नेमा जोड दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending