जनकपुर । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्री र राज्यमन्त्री गरेर मन्त्रिपरिषद् २० सदस्यीय बनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भागबन्डा पुर्याउनकै लागि मनपरी ढंगले मन्त्री थपेका हुन् ।
आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ । तर यति मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । सर्वसाधारण नागरिक देखी विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिक दल, पेसा व्यवसायी लगायतका व्यक्तिहरूले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् ।
यसैबिच प्रभु साह नेतृत्वको आम जनता पार्टी मधेस प्रदेश कमिटीले आठ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यकता किन पर्यो भन्दै प्रश्न उठाएको छ । आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको विकास बजेट लुट्ने प्रपञ्च हो भन्दै प्रश्न गरेका छन् ।
‘देशमा सुशासन, विकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेस प्रदेशमा ठीक उल्टो २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको छ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको विकास बजेट लुट्ने प्रपञ्च हो ?’ कुशवाहाले प्रश्न गरे ।
मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको र शिक्षा तथा स्वास्थ्य सेवाको स्तर खस्किरहेको बताउँदै उनले यहाँको व्यापार चौपट भएको, युवाहरूले रोजगार पाउन नसकेको, सिङ्गै मधेस प्रदेश मानव विकास सूचकाङ्कमा पछाडि परेको अवस्थामा सरकारले मिहिन तरिकाले काम गर्नुको साटो मन्त्री नियुक्त, विस्तार, भागबन्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको आरोप लगाए ।
‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेसको नाम बढाउने छ कि बदनाम गर्नेछ ? सिके राउत सँग सोध्न चाहन्छु । आज मधेसमा दलित र गरिबहरू घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्किँदो छ, उद्योग व्यापार चौपट छ, युवाले रोजगार पाएको छैन, सिङ्गै मधेस मानव विकास सूचकाङ्कमा पछाडि छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनि हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरूले समयमा ध्यान देओस्, नत्र जनता चुप लागेर बस्दैन’ उनले भने ।
मधेसको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागबन्डाको आधारमा कमाउने धन्दामा लागेको आरोप उनले लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: