Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पचपन्न वर्षदेखि सारंगी रेट्दै रामबहादुर

खबरडबली संवाददाता

पोखरा । पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्।

पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे। उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन्। गन्धर्व समुदायमा सारंगी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उनले निरन्तरता दिइरहेका हुन्।

पितापुर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा  लोप हुने अवस्थामा पुगेको उनले बताए।

‘गन्धर्व जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ,’ उनले भने, ‘पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन।’

परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी र्‍याइँर्‍याइँ सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्धर्व जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो। पुर्ख्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो।

पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन। गन्धर्वहरू सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नुन, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे। यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रूपमा थियो।

बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे।

गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गरे। आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उनी बताउँछन्। सारंगीलाई गन्धर्व समुदायको सौभाग्यका रूपमा लिने गरेको उल्लेख गर्दै उनले भने, ‘गन्धर्व समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्धर्व पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नू है भन्दै आएका छन्।’

जीवनको सर्वस्व नै सारंगी भएको बताउँदै उनले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रूपमा लिने गरेको बताए। ‘यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो। ‘त्यस समयमा गन्धर्वहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ,’ उनले भने।

बाँकी जीवन यही पेसामा समर्पित गर्ने उनको रहर छ। नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending