Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

इजरायली आक्रमणमा लेबनानी दुई व्यक्तिको मृत्यु

खबरडबली संवाददाता

लेबनान। लेबनानको दक्षिणमा इजरायली आक्रमणमा सोमबार दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस क्षेत्रमा गाजा युद्ध सुरु भएदेखि हेजबुल्लाह समूहले इजरायलसँग दैनिक आक्रमण गरिरहेको छ ।

गत हप्तादेखि, तेहरानमा हमासका नेता र बेरुतमा हेजबुल्लाहका सैन्य प्रमुखको हत्याको बदला लिने वाचा गरेका हेजबुल्लाहसहित इरान र तेहरान समर्थित समूहका क्रियाकलापले मध्यपूर्वमा तनाव बढिरहेको  छ । 

आक्रमणमा दुई जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आक्रमणमा मारिएकामध्ये एकजना ‘रिसाला स्काउट्स प्यारामेडिक’ रहेको लेबनानको  सरकारी  समाचार एजेन्सीले  जनाएको छ । 

इजरायली सीमाबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको गाउँ मैस अल–जबलले सीमापार झडप सुरु भएदेखि भारी आक्रमणको सामना गरेको छ भने अधिकांश बासिन्दा प्रभावित क्षेत्र छोड्न बाध्य छन् ।

सोमबार हेजबुल्लाह समूहले लेबनानमा इजरायली ‘आक्रमण र हत्या’को प्रतिक्रियामा इजरायलका सैन्य स्थलमा विस्फोटक पदार्थसहितको ड्रोन आक्रमण गरेको जनाएको छ ।

एएफपीका अनुसार अक्टोबरदेखि सुरु भएको सीमापार आक्रमणमा लेबनानमा कम्तीमा ५४९ जनाको मृत्यु भएको छ र उनीहरूमध्ये अधिकांश लडाकु र सर्वसाधारण छन् ।

इजरायली सेनाका तथ्याङ्कअनुसार इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्ससहितका क्षेत्रमा २२ जना सैनिक र २५ जना सर्वसाधारण मारिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending