काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा १०.१ प्रतिशत घटेको छ ।
बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब ६९ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन ९इम्पेरिमेन्ट चार्ज० बढ्नुले नाफामा असर पारेको देखिन्छ । गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ६३ करोड छ । अघिल्लो पटक यस्तो आम्दानी १७ अर्ब १० करोड थियो । त्यस्तै लोन लस प्रोभिजनवापत ३ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ ।
नाफा खस्किँदा प्रतिसेयर आम्दानी पनि खस्किएको छ । पहिले १८ रुपैयाँ ७१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १६ रुपैयाँ ६५ पैसामा झरेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा छ ।
बैंकले समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम (निष्क्रिय कर्जा) कुल कर्जामा ४.३७ प्रतिशत छ । यस्तो कर्जा पहिले ३.१५ प्रतिशत मात्रै थियो । बैंकको आधार दर ८.०९ प्रतिशत छ । सीडी रेसियो ७५.८७ प्रतिशतमा झरेको छ । निक्षेपका आधारमा बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको देखिन्छ ।
बैंकको मुख्य बिजनेस (ऋण विस्तार) एक वर्षको अवधिमा ४.२ प्रतिशत बढेको छ । सोही अवधिमा निक्षेप संकलन भने १४ प्रतिशत बढेको छ । बैंकले कुल ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब कर्जा विस्तार गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: