Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न

खबरडबली संवाददाता

सुलीकोट। गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो साल मनसुन जेठको अन्तिमदेखि सुरु भएसँगै गोरखाका धेरै भुगोलमा अत्याधिक वर्षा भएकाले पनि समयमै रोपाइँ सम्पन्न हुन नसकेको हो । 

आकाशे पानी परी मुल फुटेर धेरै पाखाखेतमा रोपाइँ भएकाले पनि गत साल भन्दा बढी रोपाई भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मिरा चौधारीले जानकारी दिए। अहिले सम्म पनि गोरखामा सिँचाइ भएका कुलो नहरहरुको खेतमा रोपाइँ सम्पन्न भएको उनको भनाइ छ । उनका अनुसार साउन २० गतेसम्म ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धान खेती हुने १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमध्ये ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा अर्थात ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

गोरखाका मुख्य मुख्य फाँटहरुमा रोपाइँ सम्पन्न भएका छन् भने केहि टारी फाँटहरुमा रोपाइँ हुने क्रम तीब्र रुपले भइरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा भइरहेकाले साथै किसानले बिउँ धेरै राखेकाले पनि अझै १० दिनसम्म गोरखामा लगभग ९६ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख चौधारीको भनाइ छ । 

गोरखामा १० हजार १ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता भएकाले यो साल पानी धेरै नै परेकाले पनि मुल फुटेर धेरै रोपाइँ भएको हो । झण्डै ९८ प्रतिशत रोपाइँ हुने विश्वास लिएकोमा अत्याधिक वर्षाका कारण रोपेको धान खेत नै बगरमा परिणत भएकाले पनि ९८ प्रतिशत रोपाइँ हुनेमा केहि तलमाथि हुने विश्वास लिएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत सुमन भट्टराईले बताए । 

गोरखामा आर्थिक वर्ष २०७९/०८० मा ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएकोमा यो आर्थिक वर्षमा बढेर ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । किसानहरुले गोरखामा साउन महिनाको अन्तिमा सम्म रोपाइँ गर्ने भएकाले १० दिनमा ८/९ प्रतिशत रोपाई वृद्धि हुने आफूहरुले विश्वास लिएको कार्यालय प्रमुख चौधारीले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending