सुलीकोट। गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो साल मनसुन जेठको अन्तिमदेखि सुरु भएसँगै गोरखाका धेरै भुगोलमा अत्याधिक वर्षा भएकाले पनि समयमै रोपाइँ सम्पन्न हुन नसकेको हो ।
आकाशे पानी परी मुल फुटेर धेरै पाखाखेतमा रोपाइँ भएकाले पनि गत साल भन्दा बढी रोपाई भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मिरा चौधारीले जानकारी दिए। अहिले सम्म पनि गोरखामा सिँचाइ भएका कुलो नहरहरुको खेतमा रोपाइँ सम्पन्न भएको उनको भनाइ छ । उनका अनुसार साउन २० गतेसम्म ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धान खेती हुने १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमध्ये ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा अर्थात ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
गोरखाका मुख्य मुख्य फाँटहरुमा रोपाइँ सम्पन्न भएका छन् भने केहि टारी फाँटहरुमा रोपाइँ हुने क्रम तीब्र रुपले भइरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा भइरहेकाले साथै किसानले बिउँ धेरै राखेकाले पनि अझै १० दिनसम्म गोरखामा लगभग ९६ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख चौधारीको भनाइ छ ।
गोरखामा १० हजार १ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता भएकाले यो साल पानी धेरै नै परेकाले पनि मुल फुटेर धेरै रोपाइँ भएको हो । झण्डै ९८ प्रतिशत रोपाइँ हुने विश्वास लिएकोमा अत्याधिक वर्षाका कारण रोपेको धान खेत नै बगरमा परिणत भएकाले पनि ९८ प्रतिशत रोपाइँ हुनेमा केहि तलमाथि हुने विश्वास लिएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत सुमन भट्टराईले बताए ।
गोरखामा आर्थिक वर्ष २०७९/०८० मा ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएकोमा यो आर्थिक वर्षमा बढेर ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । किसानहरुले गोरखामा साउन महिनाको अन्तिमा सम्म रोपाइँ गर्ने भएकाले १० दिनमा ८/९ प्रतिशत रोपाई वृद्धि हुने आफूहरुले विश्वास लिएको कार्यालय प्रमुख चौधारीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: