तम्घास। कुमाल समुदायको आयआर्जनमा वृद्धि गर्नुका साथै माटाका भाडाहरुको संरक्षण गर्नका लागि सीप प्रदान गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो ।
कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको हो ।
तालिमबाट बुद्धको मुर्ती, कप,खुत्रुके, गमला, हाँडी जस्ता १५ प्रकारका माटाका भाडा बनाउन सिक्नुका साथै आफ्नै उद्योग खोलेर काम गर्ने सक्ने भएको तालिममा सहभागी उज्याला कुमालले बताएको छन् । तालिम पश्चात काम र दाम दुवै कमाउन सक्ने भएको विष्णु कुमालले बताए। अब आफूलाई आवश्यक पर्ने पैसाका लागि कसैको मुख ताक्न नपर्ने र आफै सक्षम भएको उनको भनाइ छ ।
सहभागीले सिकेको सीपलाई प्रविधिसंग जोड्न कार्यालले सात वटा जातो, एउटा माटो पेल्ने मेसिन र पेन्टिङ टेवलसमेत प्रदान गरेको छ । पुस्ता हस्तान्तरणको लागि पुराना र नयाँ पुस्तालाई समेटेर तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा अल्लो, बासका सामग्रीका साथै डल, कुसन र पार्लरका तालिमहरु प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । स्थानीय स्तरमै उपलब्ध हुने सामग्रीहरुले प्लाष्टिकका भाडा विस्थापित गर्ने सहयोग पुग्ने र आत्मनिर्भर बन्न सक्ने कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: