Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

भरतपुर भ्रमण वर्षको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा करिब सात हजारले वृद्धि भई तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो ।

निकुञ्जमा आउने पर्यटकमध्ये भरतपुर महानगर हुँदै भित्रिने सङ्ख्या २७ हजार नौ सय ५६ छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २३ हजार दुई सय ५७ रहेको थियो । सूचना अधिकारी तिवारीका अनुसार भरतपुरबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चार हजार छ सय ९९ बढी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।  

भरतपुर महानगर क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको प्रतिशतको हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसै अवधिमा सौराहा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको वृद्धि दर शून्य दशमलव ९४ प्रतिशत मात्रै छ । गत आवमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ मात्र थियो । यसरी हेर्दा दुई हजार पाँच सय ६८ जना पर्यटक मात्र सौराहा क्षेत्रबाट बढेको दखिन्छ ।  

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानका रूपमा गरिएको प्रचारप्रसारका कारण निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको बताउछिन् । महानगरपालिकाले गत फागुन १८ गते भ्रमण वर्षको शुभारम्भ गरेको थियो । अब आउने पर्यटकीय सिजनमा यसको थप प्रभाव पर्ने उनको भनाइ छ ।

प्रमुख दाहालले भनिन्, “अबको मुख्य सिजनमा पर्यटकको सङ्ख्या पक्कै बढ्नेछ ।” महानगरपालिकाले अन्तर्राष्ट्रिय समन्वय उपसमिति बनाएर वाह्य जगतमा चितवनको प्रचारप्रसार गरेको थियो । ३० भन्दाबढी देशमा प्रचार सामग्री र लोगो वितरण गरिएको प्रमुख दाहालको भनाइ छ । ६० भन्दाबढी देशका गैरआवासीय नेपाली महासङ्घका नेतृत्वकर्तालाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्य बनाइएको उनले जानकारी दिइन् ।

प्रमुख दाहालको भनाइमा भ्रमण वर्ष सुरु भएसँगै महानगरपालिकाको नेतृत्वमा सम्पन्न प्रर्द्धनात्मक कार्यक्रमका कारण पर्यटक बढेका हुन् । भ्रमण वर्षका अवसरमा खेलकुदबाहेकका ५५ भन्दाबढी सानाठूला कार्यक्रम महानगरपालिकामा भएका छन् । यसबाट यहाँका होटल व्यवसायसमेत प्रत्यक्ष लाभान्वित भएको उनी बताउछिन् ।

उपप्रमुख चित्रसेन अधिकारी होटल ‘टाइगर टप्स’ बन्द भएपछि सुस्ताएको भरतपुरको पर्यटकीय गतिविधि भ्रमण वर्षले केही हदसम्म चलायमान बनाएको दाबी गर्छन् । करिब ५० किलोमिटर सीमावर्ती क्षेत्र रहेको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार भरतपुरमा छ भन्ने कुराको प्रचारप्रासर गर्न महानगरपालिका सफल भएको उपप्रमुख अधिकारीले बताए। उनले भने, “भ्रमण वर्षको प्रभाव देखिएको छ, पर्यटक सङ्ख्या वृद्धि हुनुका साथै केही हदसम्म आर्थिक क्षेत्र थप चलायमान भएको छ । चितवनको आर्थिक, सामाजिक, सांस्कृतिकसहित समग्र पक्षलाई सकारात्मक योगदान दिन भरतपुर भ्रमण वर्ष सफल भएको छ ।”

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए। निकुञ्ज प्रवेश गर्ने पर्यटक सङ्ख्या बढ्नुमा प्रमुख कारण भ्रमण वर्ष भएको भन्दै उहाँले पर्यटकीय दृष्टिले अथाह सम्भावन भएको चितवनको पर्यटन प्रर्द्धन तथा विस्तारमा सहयोग पुग्ने कार्यक्रम सञ्चलन गर्नुपर्नेमा जोड दिए।

अब धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै देवघाटधाम महोत्सवसहित जङ्गल सफारी, म्याराथन दौडलगायत पर्यटन प्रवर्द्र्नमा सहयोग पुग्ने कार्यक्रम गर्ने पक्षमा महानगरपालिका रहेको डा सुवेदीले बताए।

भ्रमण वर्षका अवसरमा सर्वसाधारणले अवलोकन गर्न सक्नेगरी देवनगरमा अन्यत्रबाट उद्धार गरी ल्याइएको पाटेबाघ राखिएका छन् । पछिल्ला दिनमा देवनगरमा पाटेबाघ हेर्न आउनेको भीड देखिन्छ । यस्तै दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि अर्को महत्वपूर्ण नयाँ गन्तव्य बनेको छ ।

मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आएको विद्यमान अवस्थामा आयोजना गरिएको भरतपुर–भ्रमण वर्षबाट पर्यटन व्यवसायसँगै चितवनसहित आसपासका क्षेत्रको आर्थिक क्षेत्र केही हदसम्म चलायमान भएको छ । महानगरपालिकाले भ्रमण वर्षको आयोजनाबाट समग्र भरतपुरसँगै चितवन र चितवनवासीको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेको छ । यस वर्षको अनुभव र प्राप्त रायसुझावलाई दृष्टिगतगरी आगामी वर्ष पर्यटन क्षेत्रको विकास एवं विस्तारमा सहयोग पुग्ने सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भरतपुर महानगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending