काठमाडौं। काठमाडौंको मुट नक्शालमा खुलेको चेन होटेल हिल्टनले आफ्नो सेवाको सुरुवात गरेको छ । नवनिर्मित होटेलको हालै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको हो।
यो होटेलमा नेपालकै प्रतिष्ठित र प्रमुख व्यापारिक घराना शंकर ग्रुपको लगानी छ । उक्त होटेल भारतीय उपमहाद्वीपमा दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुंगा भएको बताइएको छ ।
एक सय ७२ वटा कोठा रहेको होटेलबाट पाहुनाले मनमोहक दृश्य अवलोकन गर्नुका साथै व्यक्तिगत रूपमा समेत विशिष्ट अनुभव हासिल गर्नसक्ने व्यवस्थापन पक्षको दाबी छ।
काठमाडौंको निर्माण शैलीमा डिजाइन गरिएको होटेलमा प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू रहेका छन्। साथै, कर्मचारीको पोसाक, प्रतीक्षालय र अन्य अतिथि कक्ष परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन्।
एसिया प्यासिफिक ब्रान्ड म्यानेजमेन्ट एवं हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेन्डर ज्यारिचले भने,‘अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको बर्चस्व सयौँ वर्षदेखि रहँदै आएको छ ।
यही क्रममा नेपालमा खुलेकोे पहिलो होटेलले विशिष्ट पाहुनाका लागि एक महत्वपूर्ण स्थानका रूपमा लिइएको छ। होटेल परियोजनामा ८ अर्ब ३५ करोड लगानी भएको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: