Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

भैरहवाबाट १६२ बोरा चिनी ट्रक सहित बरामद

खबरडबली संवाददाता

भैरहवा । भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।

भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको आधारमा उललेख मात्रामा अवैध सामान बरामद गर्दै आएको छ । विशेष सूचनालाई आधार बनाई कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेको छ । 

शुक्रबार विहान ११ बजेको समयमा भन्सारकै नेतृत्वमा रुपन्देहीको सिद्धार्थनगर ८ लुम्बिनी रोड यादव चोकको भित्र बाट १६२ बोरा चिनी बरामद गरेको छ । नेपाली चिनीको बोरामा प्याक गरि गोदामबाट ट्रकमा लोड गरेको अवस्थामा ५० किलो परिमाणको १६५ बोरा अर्थात ८ हजार एक सय किलो चिनी बरामद गरिएको हो । ट्रकमा लोड गरिएको चिनीको साथमा इलेक्ट्रीक तराजु, र महोत्तरीमा रहेको सुगर मिलको २०० वटा खाली बोरा समेत बरामद गरिएको छ । जस्को मुल्य करिब ११ लाख रहेको छ । 

असारको २७ गते पनि भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर भन्सार कार्यालयले बरामद गरेको थियो । अवैध रुपमा भित्रिएको गल्लामण्डीको सुगर मिल क्षेत्रबाट ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा ९६५०० किलो० चिनी र ६८ बोरा ९१७०० किलो० केराउ मटर बरामद गरिएको थियो । 

भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । यस अघि गत जेठ २९ मा भैरहवा भन्सार कार्यालयले लु १ च ४७९२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई अवैधरुपमा भित्र्याइएको १७ लाख बढीको बेल्ट, ब्रा र मोजा बरामद गरेको थिया, गाडी जफत गरि चालक अब्दुल अन्सारी अहिले थुनामा छन् । 

यस्तै भन्सारले जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ९ लाख ६० हजार बराबरको उक्त प्याज र १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएकोमा थियो । 

असार ३१ गते भैरहवाको बुद्धचोकबाट कार्यालयको गस्ती टोलीले आठ लाख ६० हजार बराबरको धुलो सुर्ति २८० केजी, कलासिक चुरोट १०१ प्याकेट, कुल लिप समेतको तयारी सुर्ति १०८५ प्याकेट भण्डारण गरिरहेको अवस्थामा बरामद गरेको थियो । 

पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘हामीले जसरी हुन्छ अवैध निकासी–पैठारी रोक्ने भनेर काम गरिरहेका छौं, यसका लागि हाम्रो संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई ‘क्विक रेस्पोन्स’ गर्ने गरिरहेका छौं’, भन्सार प्रमुख गौतमले भने ।

कार्यालयले अभियान नै चलाएर तीव्र रूपमा भन्सार छलेर भित्राइएका सामग्रीहरू नियन्त्रण लिइरहेको छ । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित सामग्रीहरू नियन्त्रणमा लिने क्रम बढेको छ । गौतमले भन्सार प्रमुख भएर आएको छ नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएको र भारततर्फ लैजान लागिएको करिब ४ करोडको सामान बरामद भएको छ । ‘अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी करिब २ दर्जन ढुवानीका साधन नियन्त्रणमा लिइएको छ । मोटरसाइकल र स्कुटर पनि जफत भएका छन’, उनले भने, ‘यीमध्ये जफत गरिएका ढुवानीका साधनबाट २ करोड रुपैयाँ राज्यकोषमा जम्मा भएको छ ।’

भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो । सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । अवैध पैठारीमा संलग्न ७ जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको छ ।

भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकलमा भन्सार छलेर थोरै–थोरै परिमाणमा चिनी, मटर लगायत सामग्री भित्राएर डम्प गर्ने गर्दछन् । परिमाण धेरै भएपछि नक्कली बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्ने गरेका छन् ।

तस्करहरुले त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली लगायतका नाकाबाट मर्चवार हुदै बनगाई सम्म अवैध सामान ल्याउने गरेका छन । यस्तै सेमरपानी, मैनिहवा, भगवानपुर, बुची वरवा, पिपरहवा धकधई हुदै हुलाकी राजमार्ग सम्म तस्करीका सामान आउने गरेका छन । भन्सारकै पछाडि  मेउडिहवा, नौडिहवा, फरेनिया ,भ्ुजौली, पिपरहिया, केवटिलया, शंकरपुर लगायतका नाकाबाट पनि साइकल मोटरसाइकल र गाडीमै पनि तस्करी भइरहेका छन ।

मुख्य नाकामा चेकजाँच कडाई गरेपनि रुपन्देहीका यि भित्री नाकातर्फ तस्करहरु सक्रिय भएका छन । सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुदा हुदै पनि तस्करका सामान निर्वाध भित्रि रहनु सुरक्षा निकाय माथी नै प्रश्न चिन्ह छ । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको संलग्नता छ किरु भन्ने पनि छ  । तस्करी रोक्नकै लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीको ठूलो जनशक्ति परिचालन भएपनि तस्करहरु विभिन्न नाकाबाट अझै पनि तस्करी गरिरहेका छन, सिमति स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध बस्तु नियन्त्रण गरिरहेकै छ ।

पछिल्लो समय दैनिक उपभोग्य बस्तु, कपडा मात्रै होइन हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेका छन । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा पठाउने गरेका छन । चौकीको अगाडिबाट नै तस्करीका सामानहरु निर्धक्क साथ जाने गरेको छ । खुला सिमाबाट जे जस्तो अवस्थामा ल्याएपनि ति सामानहरु प्रहरी पोस्टकै अगाडीबाट जादा समेत प्रहरीले वास्ता नगर्नु प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending