Ntc summer Offer
Khabar Dabali ३१ असार २०८२ मंगलवार | 15th July, 2025 Tue
Investment bank

झापामा सुपारी खेतीको लहर, दुई महिनामै बिक्री भयो एक करोड ८० लाखका बिरुवा

खबरडबली संवाददाता

झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए । ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने,  ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ ।

उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जाकारी दिए । बिक्री भएका १० हजार बिरुवाबाट उनले १२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा एक सयदेखि एक सय २० रुपैयाँसम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।

‘सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु’, उनले भने, ‘मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।’ भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउँछन् ।

‘सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन’, उनले भने, ‘किसान साथीहरु होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन ।’ सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरे ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए । केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ ।

झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् ।

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ ।

नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए । उनले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको जानकारी दिए ।

यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डलाई ओलीको जवाफ :जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फ्ल्डलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ...

स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुन: विचार गरिने बताए । सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारो...

अव्यवस्थित बस्तीको व्यवस्थापन गर्न राष्ट्रिय बस्ती विकास नीति : मन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले तीव्र सहरीकरणका कारण उत्पन्न समस्या व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबिच ...

रवि लामिछानेको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन र  ४४ लाख चन्दा सङ्कलन भएको छ।  ‘अह...

सरकारले हाकाहाकी भ्रष्टाचारीहरूलाई जोगाउँदै छ: प्रचण्ड

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई सुशासनप्रति डरयु...

मल र सिंचाई बिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड

काठमाडौँ । संसदमा आज भएको विशेष सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दा...

ओली जहाँ-जहाँ पुग्छन्, त्यहाँ भ्रष्टाचार: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरेका छन्।  सोम...

पिकअपसँग जुध्दा मोटरसाइकलमा आगलागी, नेपाली सेनाको सिपाहीसहित पाँच घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् । दुर्घटनापछि मोटरस...

प्रधानमन्त्री प्रचण्डको प्रश्न: जहाँ सरकार त्यहाँ भष्ट्राचार, चित्रगुप्तलाई के बयान दिने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षण...

प्रचण्डको प्रश्न: ३०० दिनमा बन्ने भनेको किर्तिपुर स्टेडियम किन बनेन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचनासमे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending