म्याग्दी। यार्सागुम्बाको सङ्कलन तथा निकासी हुने हिसाबले हेर्दा निकै धेरै हुने जिल्लाका रुपमा रहेको म्याग्दीमा पछिल्लो समय राज्यको निकायमा अनुमति लिन आउने सङ्ख्या न्यून हुँदै गएको छ ।
गत आर्थिक वष २०८०/०८१ मा म्याग्दीबाट आधा केजी यार्सागुम्बाका लागि मात्रै सङ्कलन तथा छोडपुर्जी डिभिजन वन कार्यालयले जारी गरेको छ । यार्सागुम्बाको सङ्कलनका लागि अनुमति लिनेको परिणाम कम हुँदा राज्यले सङ्कलन गर्ने राजस्व घट्नु पनि स्वभाविक हो ।
डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा जडिबुटीको सङ्कलन तथा छोडपुर्जी बापत ८१ हजार छ सय रुपियाँ मात्रै राजस्व सङ्कलन गरेको छ । डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटाका अनुसार गत आर्थिक वर्षको वैशाखमा यार्सागुम्बा सङ्कलन, मह र मइन सङ्कलनबाट १९ हजार छ सय रुपियाँ, राजस्व सङ्कलन गरेको छ ।
यार्सा गुम्बाको १५ हजार पाँच सय रुपियाँ र मह र मइनबाट बाँकी गरी उक्त रकम सङ्कलन गरेको हो । २०८० पुसमा ५४ हजार एक सय, माघमा पाँच हजार रुपियाँ, चैतमा दुई हजार नौ सय रुपियाँ गरी कुल ८१ हजार छ सय रुपियाँ राजस्व वापत रकम सङ्कलन भएको सापकोटाको भनाइ छ ।
त्यस्तै, अन्य वन पैदवार पुरु निकासीबाट पाँच हजार तीन सय ५१ रुपियाँ राजस्व सङ्कलन भएको थियो । डिभिजन वन कार्यालय म्याग्दीले जडिबुटि, वन पैदावर राजस्व, भ्याट तथा प्रदेश सेवा शुल्क गरी कुल एक लाख ९२ हजार तीन सय रुपियाँ आम्दानी गरेको वन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय म्याग्दीले मजिठो, पानी अमला, मह, यार्सागुम्बा, लोक्ता, विष, नागबेली, खिरौलो, निरमसी, बनालु, कुट्की, जटामसी, रातो च्याउ र मइनको सङ्कलन तथा बिक्री अनुमति प्रदान गरेको जनाएको छ ।
त्यस्तै अन्य वन पैदवारअन्तर्गत पाँच हजार तीन सय ५१ गोटा फुरु निकासी अनुमती प्रदान गरेको थियो ।
पछिल्लो समय २०६८/०६९ तिर यार्सागुम्बा सङ्कलन तथा छोडपुर्जीका लागि ठूलो परिणामको अनुमति प्रदान गरीएको उहाँको भनाइ छ । उक्त समयमा म्याग्दी जिल्लाबाट २६ केजी यार्सागुम्बाको सङ्कलन तथा छोडपुर्जी जारी गरिएको थियो । त्यसभन्दा पछि कहिल्यै पनि त्यो परिणाममा अनुमति प्रदान नगरिएको र गत वर्ष त मात्रै आधा केजीका लागि अनुमति प्रदान गरेका छौं, वन अधिकृत चन्द्रमणी सापकोटाले बताए
राज्यको तबरबाट हुने नीतिगत सुधार र राज्यको आम्दानीका बारेमा राम्रोसँग व्यवस्थापन गर्न नसक्दा वन तर्फको आम्दानी घटेको हुन सक्ने बेनी नगरपालिका ७ का ८३ वर्षीय पहलबहादुर खत्रीको भनाइ छ । नीति बलियो हुँदै गर्दा पनि कार्यान्वयनको पाटो फितलो भएको हुनाले राजस्व सङ्कलनमा कमि आएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - १७:३७
काठमाडौँ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति, गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौ...
माघ १४ गते, २०८२ - १७:३२
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल चुनावी मत माग्न नभई दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन्। सर्लाही क्षेत...
माघ १४ गते, २०८२ - १७:१८
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्। मंगलबार काठमाडौ...
माघ १४ गते, २०८२ - १७:०८
काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ। मं...
माघ १४ गते, २०८२ - १६:५५
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आय...
माघ १४ गते, २०८२ - १६:४१
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ। यसपटक १०६ जना नयाँ उम्...
माघ १४ गते, २०८२ - १६:१८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...
माघ १४ गते, २०८२ - १६:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...
माघ १४ गते, २०८२ - १५:५९
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...
माघ १४ गते, २०८२ - १५:४१
मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...




प्रतिकृया लेख्नुहोस्: