Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

खोटाङमा ट्रान्सफरमर मर्मतपछि विद्युत सञ्चालन

खबरडबली संवाददाता

खोटाङ । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो । 

उक्त स्थानमा नयाँ ट्रान्सफरमर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिए ।

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर रु एक सय २५ का दरले रकम सङ्कलन गरेर रु १० हजारमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताए । “उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ । अहिले उपभोक्ताले रकम सङ्कलन गरी ट्रान्सफरमर ढुवानी गर्न प्राविकरणलाई सहयोग गरेका छौँ”, राईले भने, “दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफरमर प्राधिकरणका प्राविधिक आएर जडान गरेका हुन् ।”

ट्रान्सफरमर जलेर विद्युत् सेवाबाट वञ्चित यहाँका उपभोक्ताले मर्मत गर्न खर्च आफैँले व्यवस्थापन गर्नुपरेपछि आगामी दिनमा यस्ता समस्या आएमा प्राधिकरणसँग समन्वय गर्न विद्युत् मर्मत तथा व्यवस्थापन समिति निर्माण गरेका छन् । अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामूहिकरुपमा उपलब्ध गराउनेगरी स्थानीय वीर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । 

साउन १५ गते परेको चट्याङले खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफरमर जलेको थियो । ट्रान्सफरमर मर्मत नहुँदा सो क्षेत्रका स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा यसअघि पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको थियो । लामो समयदेखि अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत नगर्दा उपभोक्तालाई सास्ती भइरहेको स्थानीय राईले बताए । 

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउनेरजाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने समस्याले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ । 

ट्रान्सफरमर जलेर अवरुद्ध भएका स्थानमा नियमित विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले पहल गरिरहेको वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताए । “चट्याङले जलेको ठाउँमा नयाँ ट्रान्सफरमर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ । खार्मीमा उपभोक्ता आफैँले ढुवानी गरेर काम सहज बनाएका छन्  । ढुवानीबापतको रकम प्राधिकरणले उपलब्ध गराउँछ”, उनले भने, “बाहुनीडाँडा र निर्मलीडाँडामा प्राविधिक टोलीसहित ट्रान्सफरमर पठाइसकेका छौँ । सम्भवतः आज बेलुकासम्ममा नियमित विद्युत् सञ्चालन हुन्छ ।”

पछिल्लो समय ३३ केभी क्षमताको केन्द्रीय प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताए । वर्षाद्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर सरसफाइ गरी व्यवस्थापकीय काम थालिएको उनले उल्लेख गरे । 

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा पुगेको पुगेको छ । वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्मलगाउने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्म विस्तार गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending