काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारका रुपमा लिनुपर्ने हुन्छ । हाल रु ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा रु ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित कर्जा र रु एक अर्ब वा सो भन्दा बढीको गैरकोषमा आधारित कर्जा उपयोग गर्ने ऋणीको पनि क्रेडिट रेटिङ्ग अनिवार्य गरिएको छ ।
एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले ऊर्जा बण्डलाई क्षेत्रगत कर्जाका रुपमा गणना गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । “उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने छ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ ।
त्यसैगरी, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायतका क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले ल्याएको छ । “बैंक तथा वित्तीय संस्थाले रु दुई करोडसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ”, एकीकृत निर्देशनको संशोधनमार्फत् राष्ट्र बैंकले भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: