Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे फेरि अर्को हत्या, यस्तो छ आपराधिक ट्रयाक रेकर्ड

खबरडबली संवाददाता

विराटनगर, मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए।

गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो।

दाहालको उपचारको क्रममा त्यही दिन राति ८स्४० बजे मृत्यु भएको थियो।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका(४ दुलारी चोकमा पक्राउ गरिएको हो। उनी को१ख ६४७१ नम्बरको बसमा थिए।

तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ।

तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो।

तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।

जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना  कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।

जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ। 

दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए।

'उनीहरूबीच पुरानो झगडा-रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ,' प्रहरी उपरीक्षक कार्कीले बताए।

घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सुरज चौधरीसँग दाहालको झगडा भएको थियो। 

त्यसक्रममा चौधरीले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन्।

घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ।   

हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ। न्युज कारखाना

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending