धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।
मुसामा रहने किर्नाको टोकाइबाट मानिसमा यो रोग देखा परेको हो । अहिले स्क्रब टाइफसको सङ्क्रमण बढी हुने सिजन नै रहेकाले धेरै जना यो रोगबाट ग्रसित भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए।
मान्छेहरू खेत, झाडीमा काम गर्न जाँदा यो रोग सार्ने किर्नाले टोक्ने गरेको जनाइएको छ । यसैगरी, जङ्गलमा गएको बेला किर्नाले टोक्ने सम्भावना अझ बढी हुने गरेको बताइएको छ ।
निर्देशनालयका अनुसार जनवरीदेखि हालसम्म स्क्रब टाइफसका सबैभन्दा बढी बिरामी २१५ जना डडेलधुरामा फेला परेका छन् । यसैगरी, अछाममा ११८, बैतडीमा ८३, दार्चुलामा ६०, डोटीमा४९ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै, कैलालीमा ४९, बाजुरामा २२, बझाङमा १७ र कञ्चनपुरमा १२ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् ।
जङ्गली मुसामा हुने किर्ना ९माइट० को टोकाइबाट स्क्रब टाइफस मान्छेलाई लाग्ने गरेको जनाइएको छ । जोशीका अनुसार मुसालाई टोकेर किर्नाले स्क्रब टाइफसको ब्याक्टेरिया लिने गर्दछन् । त्यस्तो किर्नाले मान्छेलाई टोकेर ब्याक्टेरिया मान्छेमा सारेपछि स्क्रट टाइफस रोग लाग्ने गर्दछ । “घरमा हुने मुसाभन्दा पनि जङ्गलमा पाइने मुसामा रहेको किर्नाले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गर्दछ”, उनले भने ।
स्क्रब टाइफस रोग लागेमा समयमा रोग निदानका लागि उपचार नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । तर, समयमै उपचार गरेमा ५ देखि ७ दिनमा बिरामी निको हुने गरेको जोशीले बताउनुभयो । स्क्रब टाइफसबाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको बताइएको छ ।
मानिसलाई स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण देखिने गरेको जनाइएको छ । यो रोगको समयमै उपचार नगराएमा कलेजो, मिर्गौला, फोक्सो, मुटु लगायतका अङ्गमा सङ्क्रमण फैलेर बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाइ छ ।
बच्ने उपाय
स्क्रब टाइफसबाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटहरुको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ । यसैगरी, घर वरिपारि सफासुग्घर राख्नु पर्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा लगाउनु पर्ने बताइएको छ । यसैगरी, हातमा पञ्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको जोड दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १४:३८
काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...
मंसिर ३० गते, २०८२ - १४:०९
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...
मंसिर ३० गते, २०८२ - १३:४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...
मंसिर ३० गते, २०८२ - १३:२४
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...
मंसिर ३० गते, २०८२ - १३:१४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...
मंसिर ३० गते, २०८२ - १३:०३
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...




प्रतिकृया लेख्नुहोस्: