हुम्ला। कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ । अवरुद्ध सडकलाई लालीवगरदेखि दुल्लीकुनासम्म सडक निर्माणको काम गर्दै आएको नेपाली सेनाले भत्केको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दले पहिरो अवरुद्ध भएको २७ दिनपछि मङ्गलबार बिहानबाट सर्केगार्ड खार्पु सडक सुचारु भएको बताए । उक्त खण्डको सडक सेनाले निर्माण गरेको तर हाल नेपाली सेना कालीकोट गएको कारण सेनाले नै कामदार तथा मेशिन लगाएर सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।
सडक विभागलाई सेनाले आफ्नो जिम्माको सो खण्डको सडक हस्तान्तरण नगरी सकेको कारण भत्केको सडक सेनाले नै मर्मत गरेर यातायात सेवा सुचारु गरेको उहाँले बताए। एक हप्ता लगातार अवरुद्ध सडकको मर्मत कार्य गरेपछि सुचारु गरिएको हो । सडक सुचारु भएसँगै यो खण्डमा खार्पुमा आउने चौध वटा मालवाहक सवारी साधन आउन सुरु भएको छ ।
यसअघि सलीसल्ला सर्केगार्ड खण्डको न्यासीमा अवरुद्ध भएको सडक मर्मतपछि यातायात सेवा सञ्चालनमा आएको थियो । खार्पु खण्डको लाली बगरदेखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अवरुद्ध रहेको थियो । अब कर्णाली कोरिडोरको हुम्ला खण्ड पूर्ण रूपमा यातायात सेवा सुचारु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: