Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग

खबरडबली संवाददाता

गण्डकी । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रुपमा घोषणा गरिएको हो । 

पदमार्गको अध्ययन एवम् अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घ, नेपाल गण्डकी प्रदेशको आयोजनामा यही जेठ २१ देखि ३० गतेसम्म उक्त पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् । “हामीले पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक तथा सहयोगीसहित ३७ जनाको समूहले यस पदमार्गको स्थलगत रुपमा नै खोज तथा अनुसन्धान गरेका हौँ”, उनले भनिन्। अध्ययनले यो पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको उल्लेख गर्दै उनले यस पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरूको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारिएको बताइन् ।

उनका अनुसार प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्ग पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्नेछ । यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने सङ्घको जोड रहेको उनले बताइन्।

यस पदमार्गले दुईवटा ऐतिहासिक विरासतलाई बोकेको सङ्घका संस्थापक अध्यक्ष बोरबजङ्ग गुरुङ बताउछन् । यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु ९गुरुङ० का पुर्खाहरू अहिलेका बस्तीहरुमा फैलिएको भनाइ रहेको उनले बताए। “गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ”, उनले भने। क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने उनको भनाइ छ ।

दोस्रो ऐतिहासिक विरासतका रुपमा कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुुन बोक्दाका कथा व्यथा सुन्न पाइने उनले बताए । “अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उजागर भएको छ”, उनले भने, “वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन् ।”

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उनले बताए । यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उनको भनाइ छ ।

पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोँथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुुरुङ देउराली ९नामुन पास० डाँफेखर्क हुँदै मनाङको चामे गाउँ पालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको हो । यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै  लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङलगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उनले बताए ।

एक हजार ६ सय मिटरदेखि चार हजार नौ सय १० मिटर उचाइमा पदमार्ग
भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय १० मिटर उचाइको गुरुङ देउराली ९नामुन भञ्ज्याङ० सम्म रहेको छ । ताङतिङदेखि पछि पदयात्रीहरूको बास तीन हजारभन्दा माथिको उचाइमा हुन्छ । ताङतिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पुुुडाँडादेखि पदयात्रीहरूले धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुुग्ने संस्थापक अध्यक्ष गुुरुङले बताए । 

पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार पाँच सय ८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक गन्तव्य पनि हो । यहाँको दर्शन गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण यसको महत्व अझै चुलिएको छ । प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुुच्छे, लमजुुङ, हिमलुङ, गणेश, हिमालचुुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनुु यहाँको विशिष्टता हो । 

प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्नेदेखि पदयात्रा समाप्त गर्ने स्थानमा गुुरुङ गाउँ पर्दछन् । ती गाउँहरुमा घरवास सञ्चालनमा रहेका छन्भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन् । साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन् ।

प्राचीन नुन व्यापारको मार्ग, क्होलासोँथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्वलाई अझै उजागर गरेका छन् । त्यस्तै, कास्की, लमजुङ मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुुभव लिन पाइन्छ ।

जैविक विविधताले सम्पन्न
यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधीजन्य वनस्पति, जीवजन्तुु र चराचुरुङ्गीले पनि यहाँको महत्व अझै बढाएको छ । यस पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँच औँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै हिँड्न सकिन्छ । डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ ।

यस पदमार्गमा पदयात्रासँगै कर्पुडाँडामा प्याराग्लाइडिङ, ठूलेकमा स्की खेलका साथै यससँग जोडिएका छ हजार मिटरभन्दा कम उचाइका हिमालहरूमा आरोहण तालिम समेत सञ्चालन गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताए।

गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले स्थलगत रुपमा गरेको खोज तथा अनुुसन्धानसँगै तीनवटै तहका सरकार एवम् पर्यटनसम्बद्ध क्षेत्रका लागि यस पदमार्गको प्रवद्र्धन र विकासका लागि केही सुुझावहरू समेत प्रस्तुुत गरेको सङ्घका महासचिव तुल गुुरुङले बताए । उनका अनुसार पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरूको रहेको तथा जैविक विविधताको भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूमा पर्न सक्ने नकारात्मक असरहरुलाई दृष्टिगत गरी विस्तृत गुरुयोजना बनाएर त्यसै अनुसार पदमार्गको विकास तथा प्रवद्र्धन गर्नुपर्ने सिफारिस गरिएको छ ।

तीनवटै तहका सरकारले यस पदमार्गमा भविष्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकै रुपमा विकास गर्नुपर्ने उनले बताए । पदमार्गको केही स्थानमा बाटो मर्मत गर्नुपर्ने, केही खोलामा झुलुङ्गे पुल हाल्नु पर्ने, केही स्थानका बाटोमा रेलिङ हाल्नुपर्ने उल्लेख गर्दै सङ्घले यसतर्फ यथाशीघ्र स्रोतको व्यवस्थापन गर्नुपर्ने र पदमार्गमा होटलहरूको व्यवस्था नभएको कारण हावापानी र स्थानीय संस्कृति अनुुरुपका सेल्टर हाउस बनाउनुपर्ने सुुझाइएको छ ।

त्यस्तै, पदमार्गको सूचनापाटी कतिपय बिग्रिए भत्किएको अवस्थामा रहेको तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरू, पथप्रदर्शन गर्ने पोललाई मर्मत तथा नयाँ स्थापना गर्नुपर्ने भनिएको छ । जलवायु परिवर्तनलगायत विभिन्न कारणले गर्दा पानीका मुहान सुक्ने तथा भएको मूल पनि सानो भएको हुँदा ती मुलको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, पदमार्गमा रहेका क्होलासाँेथरलगायत पुरातात्विक महत्वका क्षेत्रको उत्खनन र संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने सङ्घले सुझाव दिएको छ ।

पदमार्ग क्षेत्रका पुरातात्विक वस्तुुको सुरक्षाका लागि विशेष पहल गरिनुपर्ने, पदमार्गको प्रवेशविन्दुका रुपमा रहेका गाउँमा रहेको सांस्कृतिक अवयवहरू लोप हुने अवस्थामा रहेको हुनले तिनीहरूको संरक्षण र पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने, भिर मौरीको मह काढ्ने, राडीपाखी बुन्ने तथा पशुपालनलायत परम्परागत पेसा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्नका लागि पहल थाल्नुपर्ने सुुझावमा उल्लेख छ । पदमार्गमा पशुुचौपाया हिँडेमा त्यसले पदमार्गलाई चाँडो बिगार्ने भएकाले पशुचौपायाका लागि छुुट्टै बाटोको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनमा महत्वपूर्ण सम्भावना रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल बताउछन् । “पदमार्गको खोज र अन्वेषणको सुरुआतमा पनि बोर्डले प्रवद्र्धनका लागि सहयोग गरेको हो”, उनले भने, “यसको प्रवद्र्धन र विकासका लागि आगामी दिनमा पनि पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा हामीले अघि बढाउँछौँ ।” स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि प्रथमतः स्थानीयको नै जागरुकता आवश्यक रहेको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending