Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

मध्य साउनसम्म गण्डकीमा ९२ प्रतिशत रोपाईँ पूरा

खबरडबली संवाददाता

पर्वत । मध्य साउनसम्म आइपुग्दा गण्डकी प्रदेशमा करिब ९२ प्रतिशत रोपाईँ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष कुल ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म ८८ हजार दुई सय ५२ हेक्टर क्षेत्रफलमा रोपाईँ पूरा भएको छ ।

११ जिल्ला रहेको गण्डकीका हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा मात्रै धान खेती हुने गरेको छ। निर्देशनालयको तथ्याङ्क अनुसार गोरखामा ७१ प्रतिशत, लमजुङमा ९२ प्रतिशत, तनहुँमा ९५ प्रतिशत, कास्कीमा ९८ प्रतिशत, पर्वतमा ९५ प्रतिशत, स्याङ्जामा ९२ प्रतिशत, म्याग्दीमा ९४ प्रतिशत, बागलुङमा ९६ प्रतिशत र नवलपरासीमा ९३ प्रतिशत रोपाईँ भएको छ ।

यी जिल्लाहरूमा क्रमशः १० हजार नौ सय ४०, ११ हजार आठ सय ७५, सात हजार छ सय ७४, १६ हजार दुई सय २०, सात हजार पाँच सय २५, १४ हजार तीन सय ९०, तीन हजार आठ सय छ, पाँच हजार सात सय सात र १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा धान खेती लगाउने अनुमान गरिएको छ।

निर्देशनालयले तयार पारेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा गत वर्षको तुलनामा कम क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । गत वर्ष कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष भने यसमा एक हजार सात सय १६ हेक्टर कम क्षेत्रफलमा धान लगाउने अनुमान छ ।

गण्डकीमा धान उत्पादनका पकेट क्षेत्रका रूपमा गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुखोला, आरुघाट, घ्यालचोक, सिरानचोक, घ्याम्पेसाल, लमजुङको हर्राबोट, धमिलिकुवा, करापुटार, मजुवाफाँट, उदीपुर, रोप्लेफाँट, तनहुँको चुदीफाँट, सागेफाँट, सत्रसयफाँट, कास्कीको मकैखोला, हाडीखोला, ठूलीबेसी, लाहाचोक, घाचोक, आङबाङ, सल्यान, शेराचौर, पामे, आर्वा लगायत रहेका छन् ।

यस्तै पर्वतको मुडिकुवा, देवीस्थान, कुर्घा, पैयुँ, पाङ, अर्मादी, कटुवाचौपारी, ठूलीपोखरी, स्याङ्जाको चापाकोट, पुतलीबजार, आँधिखोला, गल्याङ, वालिङ म्याग्दीको भगवती, पिप्ले, घतान, पिपलबोट, रणवाङ, घार, ताकम, ताराखेत, बागलुङको जैमिनी, बागलुङ, बरेङ, गलकोट, बडीगाड तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु, कावासोती, विनयीत्रिवेणी, गैँडाकोट लगायतका स्थान पनि धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेका छन् ।

यी जिल्लाहरूमा सावित्री, रामधान, सुक्खा, महाराजा, च्याम्पियन, सावा मन्सुली,  जेठो बूढो, पहेँले, एक्ले, खुमल, झिनुवा, मार्सी, गौरिया, विरिमफूल, गुर्दी, वर्णशङ्कर, गुडुरा, सरौँखोले,  सुनौलो सुगन्ध, हाइब्रिड, जर्नेली, अन्नपूर्ण, रमनी, घैया, छोमरोङ, जुनजाडो, गुर्जा, बादरमुडे, कोदे, लुम्ले, माछापुच्छ्रे, उपज, अराइज सहित स्थानीय रैथाने जातका धान रोप्ने गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending