Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मध्य साउनसम्म गण्डकीमा ९२ प्रतिशत रोपाईँ पूरा

खबरडबली संवाददाता

पर्वत । मध्य साउनसम्म आइपुग्दा गण्डकी प्रदेशमा करिब ९२ प्रतिशत रोपाईँ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष कुल ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म ८८ हजार दुई सय ५२ हेक्टर क्षेत्रफलमा रोपाईँ पूरा भएको छ ।

११ जिल्ला रहेको गण्डकीका हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा मात्रै धान खेती हुने गरेको छ। निर्देशनालयको तथ्याङ्क अनुसार गोरखामा ७१ प्रतिशत, लमजुङमा ९२ प्रतिशत, तनहुँमा ९५ प्रतिशत, कास्कीमा ९८ प्रतिशत, पर्वतमा ९५ प्रतिशत, स्याङ्जामा ९२ प्रतिशत, म्याग्दीमा ९४ प्रतिशत, बागलुङमा ९६ प्रतिशत र नवलपरासीमा ९३ प्रतिशत रोपाईँ भएको छ ।

यी जिल्लाहरूमा क्रमशः १० हजार नौ सय ४०, ११ हजार आठ सय ७५, सात हजार छ सय ७४, १६ हजार दुई सय २०, सात हजार पाँच सय २५, १४ हजार तीन सय ९०, तीन हजार आठ सय छ, पाँच हजार सात सय सात र १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा धान खेती लगाउने अनुमान गरिएको छ।

निर्देशनालयले तयार पारेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा गत वर्षको तुलनामा कम क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । गत वर्ष कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष भने यसमा एक हजार सात सय १६ हेक्टर कम क्षेत्रफलमा धान लगाउने अनुमान छ ।

गण्डकीमा धान उत्पादनका पकेट क्षेत्रका रूपमा गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुखोला, आरुघाट, घ्यालचोक, सिरानचोक, घ्याम्पेसाल, लमजुङको हर्राबोट, धमिलिकुवा, करापुटार, मजुवाफाँट, उदीपुर, रोप्लेफाँट, तनहुँको चुदीफाँट, सागेफाँट, सत्रसयफाँट, कास्कीको मकैखोला, हाडीखोला, ठूलीबेसी, लाहाचोक, घाचोक, आङबाङ, सल्यान, शेराचौर, पामे, आर्वा लगायत रहेका छन् ।

यस्तै पर्वतको मुडिकुवा, देवीस्थान, कुर्घा, पैयुँ, पाङ, अर्मादी, कटुवाचौपारी, ठूलीपोखरी, स्याङ्जाको चापाकोट, पुतलीबजार, आँधिखोला, गल्याङ, वालिङ म्याग्दीको भगवती, पिप्ले, घतान, पिपलबोट, रणवाङ, घार, ताकम, ताराखेत, बागलुङको जैमिनी, बागलुङ, बरेङ, गलकोट, बडीगाड तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु, कावासोती, विनयीत्रिवेणी, गैँडाकोट लगायतका स्थान पनि धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेका छन् ।

यी जिल्लाहरूमा सावित्री, रामधान, सुक्खा, महाराजा, च्याम्पियन, सावा मन्सुली,  जेठो बूढो, पहेँले, एक्ले, खुमल, झिनुवा, मार्सी, गौरिया, विरिमफूल, गुर्दी, वर्णशङ्कर, गुडुरा, सरौँखोले,  सुनौलो सुगन्ध, हाइब्रिड, जर्नेली, अन्नपूर्ण, रमनी, घैया, छोमरोङ, जुनजाडो, गुर्जा, बादरमुडे, कोदे, लुम्ले, माछापुच्छ्रे, उपज, अराइज सहित स्थानीय रैथाने जातका धान रोप्ने गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending