Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सडकमै पशुचौपाया छाडा छोड्ने प्रवृत्ति हटेन, दैनिकजसो हुन्छ दुर्घटना

खबरडबली संवाददाता

कैलाली । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन। पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ।

पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुहार गर्ने र काम नलाग्ने भएपछि जथाभावी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए।

‘छाडा छाड्ने गाईगोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ। धनगढीको ६ लेन सडकमा दैनिकजसो एक/दुई गाईगोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन्। हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ,’ उनले भने।

केही वर्ष पहिले यहाँका स्थानीयले घरघरमा दूधका लागि गाई पाल्ने गर्थे। गोरुलाई खेत जोन्नका लागि प्रयोगमा ल्याउँथे। कृषिको आधुनिकीकरणसँगै आएका कृषि औजारका कारण गोरुको प्रयोग गरेर खेती गर्ने कार्य विस्थापित हुँदै गएको छ।

घरमा गाई पालेर दूध खाने चलन पनि बिस्तारै हराउँदैछ। पाल्नेहरूले पनि दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृति छ।

स्थानीय अगुवा शेरबहादुर विष्टले पशुचौपाया छाड्ने प्रवृति कायमै रहेकाले यसबाट किसान सबैभन्दा बढी मारमा परेको उनले बताए। छाडा पशुचौपायाका कारण किसानलाई खेतमा लगाएको खाद्यान्न बाली जोगाउनै समस्या भएको विष्टको गुनासो छ।

कृषक दुर्गा जोसीले छाडा चौपायाबाट अन्नबाली जोगाउँनै मुस्किल भएको दुःखेसो पोखे। ‘अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु। थुप्रै पैसा खर्च गरेर धान रोपेको थिए। केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिनाले जोगाउन निकै सकस भएको छ,’ उनले भने।

छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीमा आएर बालीनाली नोक्सान गर्ने गरेका छन्। किसानलाई मात्रै होइन स्थानीय तहलाई पनि यसरी छाडेका पशुचौपाया व्यवस्थापनमा समस्या भएको छ।

धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरिएको छ।

धनगढी–३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला सञ्चालनमा छ। धनगढीको फुलबारी र बेहडाबाबामा पनि गौशाला सञ्चालनमा ल्याइएका छन् भने कतिपय स्थानहरूमा ‘काञ्जी हाउस’समेत निर्माण गरिएका छन्।

तर धनगढीसँग जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण विभिन्न स्थानबाट चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको छ।

गौ संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले धनगढीका साथै खुला सीमानाका कारण अन्य क्षेत्रबाट चौपाया भित्रिने गरेकाले व्यवस्थापनमा चुनौती रहेको बताउँछन्।

‘यहाँका विभिन्न ठाउँमा गौशाला र काञ्जी हाउस बनाइएका छन् तर पनि बजारमा समस्या कायमै छ। छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन,’ उनले भने।

त्यसैले यहाँ छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानीय तह मात्रै नभई प्रदेश र संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने अवस्थीलगायत स्थानीय सरोकारवालाको भनाइ छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending