Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

खबरडबली संवाददाता

वीरगञ्ज   ।  प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । 

भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ । 

आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो । 

कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताए ।

“वीरगञ्ज भन्सार कार्यालय हुँदै आयात हुने धान, चामलको परिमाण ठूलो मात्रामा घटिरहेको छ”, उनले भने, “धान, चामलको आयात मात्रै होइन । राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।” वीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्ववापत ६७ करोड ३४ लाख ६३ हजार सङ्कलन गरेको थियो ।

आव २०८०/८१ म वीरगञ्ज भन्सार कार्यालय हुँदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलोग्राम चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले गिरावट आएको छ । कार्यालयले चामल आयातवापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । 

आव २०७९/८० मा भने दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार ६ सय ८३ किलोग्राम चामल आयात भएको थियो । सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।  

गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव २०८०/८१ म खाद्यान्न मकै भने पाँच अर्ब ५९ करोड १९ लाख एक हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको छ । सो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ खाद्यान्न मकैको आयात भने परिमाणमा तीन दशमलव ७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८ दशमलव ३६ प्रतिशतले बढेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending