काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र उमेर हदसम्बन्धी बहस तीव्र बनेको छ । स्ववियूमा २८ वर्षे प्रावधान रहेको तथा कांग्रेस निकट नेविसंघमा पनि ३२ वर्षे उमेर हदको सीमा कार्यान्वयन भइसकेको अवस्थामा अखिल क्रान्तिकारीभित्र सो बहस सुरु भएको हो ।
अखिल क्रान्तिकारीको एकताको २३ औँ राष्ट्रिय सम्मेलन आगामी असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय यसअघि नै भइसकेको छ । जेठ ३२ गते बसेको क्रान्तिकारीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेसँगै उमेर हदसम्बन्धी बहस तीव्र बनेको हो ।
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले संगठनिक संरचनामा उमेर हद र केन्द्रीय समितिको सङ्ख्या टुंग्याउन बाँकी रहेको जानकारी दिए ।
यस्तै केन्द्रीय समिति १९९ रहने कि २९९ रहने भन्नेमा पनि सहमति भएको छैन । उनकाअनुसार क्रान्तिकारीभित्र ३२ वर्षे उमेर हद राख्नुपर्ने अधिकांशको माग रहेको छ । उमेरको हदबन्दी लागु नहुँदा नेतृत्व विकासमा समस्या देखिएको नेताहरूले गुनासो गरेका छन् ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले अहिलेसम्म सबै प्रदेशको बैठक सकिएको र केन्द्रीय कार्यालयको बैठक केही दिनमा बस्ने जानकारी दिइन् ।
अहिले ९९९ सदस्य आयोजक कमिटी भनेकोमा झन्डै १२ सय पुगेको छ । पदाधिकारी १७५ जनाको रहेको छ । यसअघि २२ औँ सम्मेलन बहिस्कार गरेको पवन कार्की समूहसँग सहमति भएपछि आयोजक समितिको आकार बढेको नेताहरूले बताएका छन् । राष्ट्रिय सम्मेलनमा एक हजार ५२३ प्रतिनिधिले भाग लिने इन्चार्ज शर्माले जानकारी दिए । सबै प्रतिनिधि जिल्ला र प्रदेशबाट चुनिएर आउने उनले बताए ।
अध्यक्षका लागि महासचिव दिपेश पुन, पवन कार्की, नारायण खनाल, मदन भुल, नरेश रेग्मी, केशव रावल लगायत नेताहरूले आकाङ्क्षा देखाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: