Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रसिद्ध छत्रेश्वरी सतिपिठ पुग्न तीन करोड बढी लागतमा पर्यटकीय पदमार्ग निर्माण हुँदै

खबरडबली संवाददाता

सल्यान  । सल्यानको प्रसिद्ध धार्मीक तथा पर्यटकीय क्षेत्र छत्रेश्वरी सतिपिठ सम्म पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिकाको पहलकदमीमा वडा नं ६ छायाक्षेत्रमा अवस्थित मन्दिर सम्म पर्यटन विभाग मार्फत तीन करोड बढीको लागतमा पदमार्ग  लगाएतका संरचना निर्माण गरिने भएको हो ।

गाउँपालिकाको तयार गरेको डिपिआर बमोजिम पर्यटन विभागको बजेटबाट ठेक्का प्रक्रिया मार्फत पद मार्ग संगै यात्रु प्रतिक्षालय, र सार्वजनिक शैचालय लगाएतका संरचना निर्माण गरिने भएपछि स्थानीयहरु खुसी भएका छन् । छत्रेश्वरी ६ शंखमुलका रमेश बहादुर यरीले पदमार्ग निर्माण भएमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

शंखमुल नजिकबाट पैदल यात्रा मार्फत छत्रेश्वरी मन्दिरसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग र अन्य भौतिक संरचना निर्माण गर्न लागिएको हो । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्रहरु रहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पूर्वाधार निर्माण तथा प्रचार प्रसार र प्रवद्र्धनका कार्य भइरहेको बताए ।

उनले भने, ‘गाउँपालिकाले यस अघि डिपिआर तयार गरेको थियो । पर्यटन विभागमा पदमार्ग संगै अन्य संरचना निर्माणका लागि लेखिपठाएका थियौँ । त्यस अनुसार काम हुनेभएको छ ।’ गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आफुहरुले पर्यटन क्षेत्रलाई पनि महत्व दिएर काम गरिरहेको बताइन् ।

छत्रेश्वरीलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन सहित पदमार्गबाट छत्रेश्वरी मन्दिर सम्म यात्रा गर्नका लागि पर्यटकहरुलाई सहजता प्रदान गर्न पदमार्ग र आवश्यक संरचनाहरु निर्माण गर्न लागिएको हो ।

३ करोड ११ लाख रुपैयाँ बराबरको काम हुने छत्रेश्वरीको पदमार्ग निर्माणका लागि सानु कन्ट्रक्शन, काठमाण्डौँ जोरपाटीले २ करोड ६४ लाखमा २०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवले जानकारी दिए ।

सत्यायुगमा महादेवले सतिदेवीको मृत्त शरिर बोकेर विश्व भ्रमण गर्दा उनको अन्तिम अंग छायाँक्षेत्रमा पतन भएको किवंदन्ती छ । बली नचढ्ने शक्तिपिठको रुपमा रहेको छत्रेश्वरीको महत्व बताउँदै मन्दिरका नागाबाबा उमेश गिरीले छत्रेश्वरी क्षेत्रको धार्मीक तथा ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको जनाए ।

२०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको भएपनि आगामी बैशाख सम्म योजनाको काम सक्नेगरी आफुहरुले तयारि गरेको निर्माण व्यवसायी फुर्वा नामगेल शेर्पाले जानकारी दिए । उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज लाग्यो ।

योजनाको लागि १४ महिनाको समय छ । छिटोमा फागुन र ढिलोमा बैशाख सम्म काम सम्पन्न गर्छौँ ।’ साउन १५, १६ गते सम्ममा निर्माण सामग्री र कामदार आयोजना स्थलमा आउने शेर्पाको भनाई छ ।

राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ । छत्रेश्वरी मन्दिरको पर्यटन प्रवद्र्धन भएमा यहाँको आर्थिक, साँस्कृतिक, धार्मिक विकासमा समेत टेवा पुग्ने अपेक्षा छ । छत्रेश्वरी मन्दिरमा पदमार्ग तथा भौतिक संरचना निर्माणका लागि छत्रेश्वरी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित मिति २०८०।१२।१६ मा नेपाल पर्यटन वोर्डमा पत्राचार गरेको थियो ।

सल्यानमा विभिन्न धार्मीक तथा ऐतिहाँसिक सम्पदाहरु छन् । पछिल्लो समय धार्मीक तथा पर्यटकीय विकासका लागि स्थानीय तहहरुले पहलकदमी लिएका छन् भने प्रदेश तथा संघीय सरकारबाट धार्मीक तथा पर्यटकीय क्षेत्रको विकासका लागि लगानी समेत बढ्दै गएको देखिन्छ ।

जिल्लाको पहिचान तथा विकासका लागि धार्मीक सम्पदाहरुको महत्व धेरै नै हुने गर्दछ । प्राकृतिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले सल्यान धनी मानिन्छ । यहाँ कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, कुमाख लेख, शंखपार्क, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, कछुवा दह लगाएतका क्षेत्रहरु रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending