Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रसिद्ध छत्रेश्वरी सतिपिठ पुग्न तीन करोड बढी लागतमा पर्यटकीय पदमार्ग निर्माण हुँदै

खबरडबली संवाददाता

सल्यान  । सल्यानको प्रसिद्ध धार्मीक तथा पर्यटकीय क्षेत्र छत्रेश्वरी सतिपिठ सम्म पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिकाको पहलकदमीमा वडा नं ६ छायाक्षेत्रमा अवस्थित मन्दिर सम्म पर्यटन विभाग मार्फत तीन करोड बढीको लागतमा पदमार्ग  लगाएतका संरचना निर्माण गरिने भएको हो ।

गाउँपालिकाको तयार गरेको डिपिआर बमोजिम पर्यटन विभागको बजेटबाट ठेक्का प्रक्रिया मार्फत पद मार्ग संगै यात्रु प्रतिक्षालय, र सार्वजनिक शैचालय लगाएतका संरचना निर्माण गरिने भएपछि स्थानीयहरु खुसी भएका छन् । छत्रेश्वरी ६ शंखमुलका रमेश बहादुर यरीले पदमार्ग निर्माण भएमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

शंखमुल नजिकबाट पैदल यात्रा मार्फत छत्रेश्वरी मन्दिरसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग र अन्य भौतिक संरचना निर्माण गर्न लागिएको हो । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्रहरु रहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पूर्वाधार निर्माण तथा प्रचार प्रसार र प्रवद्र्धनका कार्य भइरहेको बताए ।

उनले भने, ‘गाउँपालिकाले यस अघि डिपिआर तयार गरेको थियो । पर्यटन विभागमा पदमार्ग संगै अन्य संरचना निर्माणका लागि लेखिपठाएका थियौँ । त्यस अनुसार काम हुनेभएको छ ।’ गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आफुहरुले पर्यटन क्षेत्रलाई पनि महत्व दिएर काम गरिरहेको बताइन् ।

छत्रेश्वरीलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन सहित पदमार्गबाट छत्रेश्वरी मन्दिर सम्म यात्रा गर्नका लागि पर्यटकहरुलाई सहजता प्रदान गर्न पदमार्ग र आवश्यक संरचनाहरु निर्माण गर्न लागिएको हो ।

३ करोड ११ लाख रुपैयाँ बराबरको काम हुने छत्रेश्वरीको पदमार्ग निर्माणका लागि सानु कन्ट्रक्शन, काठमाण्डौँ जोरपाटीले २ करोड ६४ लाखमा २०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवले जानकारी दिए ।

सत्यायुगमा महादेवले सतिदेवीको मृत्त शरिर बोकेर विश्व भ्रमण गर्दा उनको अन्तिम अंग छायाँक्षेत्रमा पतन भएको किवंदन्ती छ । बली नचढ्ने शक्तिपिठको रुपमा रहेको छत्रेश्वरीको महत्व बताउँदै मन्दिरका नागाबाबा उमेश गिरीले छत्रेश्वरी क्षेत्रको धार्मीक तथा ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको जनाए ।

२०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको भएपनि आगामी बैशाख सम्म योजनाको काम सक्नेगरी आफुहरुले तयारि गरेको निर्माण व्यवसायी फुर्वा नामगेल शेर्पाले जानकारी दिए । उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज लाग्यो ।

योजनाको लागि १४ महिनाको समय छ । छिटोमा फागुन र ढिलोमा बैशाख सम्म काम सम्पन्न गर्छौँ ।’ साउन १५, १६ गते सम्ममा निर्माण सामग्री र कामदार आयोजना स्थलमा आउने शेर्पाको भनाई छ ।

राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ । छत्रेश्वरी मन्दिरको पर्यटन प्रवद्र्धन भएमा यहाँको आर्थिक, साँस्कृतिक, धार्मिक विकासमा समेत टेवा पुग्ने अपेक्षा छ । छत्रेश्वरी मन्दिरमा पदमार्ग तथा भौतिक संरचना निर्माणका लागि छत्रेश्वरी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित मिति २०८०।१२।१६ मा नेपाल पर्यटन वोर्डमा पत्राचार गरेको थियो ।

सल्यानमा विभिन्न धार्मीक तथा ऐतिहाँसिक सम्पदाहरु छन् । पछिल्लो समय धार्मीक तथा पर्यटकीय विकासका लागि स्थानीय तहहरुले पहलकदमी लिएका छन् भने प्रदेश तथा संघीय सरकारबाट धार्मीक तथा पर्यटकीय क्षेत्रको विकासका लागि लगानी समेत बढ्दै गएको देखिन्छ ।

जिल्लाको पहिचान तथा विकासका लागि धार्मीक सम्पदाहरुको महत्व धेरै नै हुने गर्दछ । प्राकृतिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले सल्यान धनी मानिन्छ । यहाँ कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, कुमाख लेख, शंखपार्क, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, कछुवा दह लगाएतका क्षेत्रहरु रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending