Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

छाेरीले उत्कृष्ट प्रदर्शन गर्दा आमाबुबाले थाहै पाएनन्

खबरडबली संवाददाता

देवल । गएको शुक्रवार श्रीलंकाको दाम्बुला इन्टरनेशनल स्टेडियममा एशिया कप महिला क्रिकेट चलिरहेको थियो। नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा थियो।

खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन्- बझाङकी सम्झना खड्काले। उनको ब्याटिङले नेपाली क्रिकेटप्रेमीको मन जितिरहेको थियो।

तर जयपृथ्वी नगरपालिका–९ बझाङमा रहेका उनका बुवाआमा भने उक्त खेलबारे अनभिज्ञ थिए। खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेरबारको काम गरिरहेका थिए। 

उनीहरुलाई आफ्नी छोरीले क्रिकेट खेल्छिन् भन्ने थाहा थियो र अघिल्लो साँझ (बिहीवार) भोलि छोरीले खेल्दै छ भन्ने चर्चा भएको पनि थियो। 

तर भोलि (शुक्रवार) कति वेला खेल्ने समय थाहा थिएन र कता हेर्ने पनि टुङ्गो थिएन। शुक्रवार विहानको खाना खाएर देवेन्द्र-कालीदेवी लेकतिर उकालो लागे। सम्झनाका भाइहरूले भने जयपृथ्वी नगरपालिकाको हलमा दिदीको खेल हेर्ने अवसर पाए।

“दिनभर घरमा बसेर केही हुन्न। घरमा छोरीको खेल हेर्नलाई केही साधन भएन‚ त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भने, “पछि छोरीले राम्रो खेली भनेर फोनबाट खबर पाएपछि मोबाइलमा छोरीको खेल हेर्‍यौँ।”

क्रिकेटबारे धेरै जानकारी नभए पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुशीले दंगदास छन्। छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेलेरै नाम कमाएकोमा प्रसन्न छ। 

“घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ। पढाइ सकेर जागिर पनि खान थाली‚ बीचमै जागिर छोडेर खेलतिर लागी‚’ बुवा देवेन्द्रले भने‚ ‘त्यो वेला घरमा कसैलाई चित्त बुझेको थिएन। आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुशी लाग्छ।” 

पहिलो खेलमा सम्झनाले यूएईविरुद्ध नेपाललाई जित दिलाएकी थिइन्। उनले ४५ बलमा ११ चौका हान्दै ७२ रन बनाइन्। उनी प्लेयर अफ दि म्याचसमेत भइन्। त्यसपछि उनको चर्चा क्रिकेट वृत्तसहित चौतर्फी चुलियो। 

उनलाई नचिन्नेले पनि चिन्ने अवसर पाए। उनलाई जिल्लामै प्रशिक्षण दिने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो।

किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थालेकी सम्झनाले सफलता पाउँदै गएपछि परिवारमा खुशी छाएको उनका दाजु नवीन खड्काले बताए। 

सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाएका थिए। खेलमैदान नहुँदा बन्द रहेको विमानस्थलमा गएर उनीहरु खेल्ने अभ्यास गर्थे।

त्यसै वेलादेखि बझाङमा भर्खर भर्खर क्रिकेट खेल्न थालिएको थियो। खेल्न सिकेको ६ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाएका थिए। 

विहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उनीहरुको दैनिकी भएको प्रविन्द धामी सम्झन्छन्। 

उनले भने,  “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ। पछि उसको खेलमा निखार आउँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो।”

त्यो वेलामा खेलको महत्व कसैले नबुझेको उनको अनुभव छ। 

“बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले रोक्थे,” धामीले भने, “त्यो वेला हामीलाई भने कुनै दिन हाम्रा खेलाडीलाई पनि अन्तरराष्ट्रिय रंगशालामा सबैको अगाडि खेलेको देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले हाम्रो सपना पूरा भएको छ। त्यो वेलामा हामीसँग रिसाउनेहरुले पनि अहिले खेलको महत्व बुझेका छन्‚ खुशी लाग्छ।”

सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको २ वर्ष भयो। यसपटकको एशिया कपको दोस्रो खेल गरी उनले अन्तरराष्ट्रिय प्रतियोगिताका १८ खेल खेलिसकेकी छन्। 

आइतवार भएको खेलमा भने नेपालले पाकिस्तानसँग नराम्ररी हार्‍यो। पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गर्‍यो। नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकिनन्। 

५ बल सामना गरेकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुले मिडविकेटमा क्याच समातेर आउट गरिन्। 

मंगलवार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो। जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्‍यो भने नेपाल प्रतियोगिताबाट बाहिरियो।

नेपाली चेलीहरुको क्रिकेटको चर्चामाझ सम्झनाका आमाबुवामध्ये एकजनाले पनि खेलको प्रत्यक्ष प्रशारण हेर्न पाएनन्।

“घरको टिभीमा आउँदैन‚ मोबाइल छैन। अरुले भनेको आधारमा छोरीले खेल जितेको/हारेको थाहा पाउँछौँ‚” उनका बुवा देवेन्द्रले भने। 

तर सम्झनाले जुनसुकै ठाउँमा गएर खेले पनि उनले गरिरहेको प्रगतिबाट अहिले उनको परिवार सन्तुष्ट छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending