Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

छाेरीले उत्कृष्ट प्रदर्शन गर्दा आमाबुबाले थाहै पाएनन्

खबरडबली संवाददाता

देवल । गएको शुक्रवार श्रीलंकाको दाम्बुला इन्टरनेशनल स्टेडियममा एशिया कप महिला क्रिकेट चलिरहेको थियो। नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा थियो।

खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन्- बझाङकी सम्झना खड्काले। उनको ब्याटिङले नेपाली क्रिकेटप्रेमीको मन जितिरहेको थियो।

तर जयपृथ्वी नगरपालिका–९ बझाङमा रहेका उनका बुवाआमा भने उक्त खेलबारे अनभिज्ञ थिए। खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेरबारको काम गरिरहेका थिए। 

उनीहरुलाई आफ्नी छोरीले क्रिकेट खेल्छिन् भन्ने थाहा थियो र अघिल्लो साँझ (बिहीवार) भोलि छोरीले खेल्दै छ भन्ने चर्चा भएको पनि थियो। 

तर भोलि (शुक्रवार) कति वेला खेल्ने समय थाहा थिएन र कता हेर्ने पनि टुङ्गो थिएन। शुक्रवार विहानको खाना खाएर देवेन्द्र-कालीदेवी लेकतिर उकालो लागे। सम्झनाका भाइहरूले भने जयपृथ्वी नगरपालिकाको हलमा दिदीको खेल हेर्ने अवसर पाए।

“दिनभर घरमा बसेर केही हुन्न। घरमा छोरीको खेल हेर्नलाई केही साधन भएन‚ त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भने, “पछि छोरीले राम्रो खेली भनेर फोनबाट खबर पाएपछि मोबाइलमा छोरीको खेल हेर्‍यौँ।”

क्रिकेटबारे धेरै जानकारी नभए पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुशीले दंगदास छन्। छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेलेरै नाम कमाएकोमा प्रसन्न छ। 

“घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ। पढाइ सकेर जागिर पनि खान थाली‚ बीचमै जागिर छोडेर खेलतिर लागी‚’ बुवा देवेन्द्रले भने‚ ‘त्यो वेला घरमा कसैलाई चित्त बुझेको थिएन। आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुशी लाग्छ।” 

पहिलो खेलमा सम्झनाले यूएईविरुद्ध नेपाललाई जित दिलाएकी थिइन्। उनले ४५ बलमा ११ चौका हान्दै ७२ रन बनाइन्। उनी प्लेयर अफ दि म्याचसमेत भइन्। त्यसपछि उनको चर्चा क्रिकेट वृत्तसहित चौतर्फी चुलियो। 

उनलाई नचिन्नेले पनि चिन्ने अवसर पाए। उनलाई जिल्लामै प्रशिक्षण दिने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो।

किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थालेकी सम्झनाले सफलता पाउँदै गएपछि परिवारमा खुशी छाएको उनका दाजु नवीन खड्काले बताए। 

सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाएका थिए। खेलमैदान नहुँदा बन्द रहेको विमानस्थलमा गएर उनीहरु खेल्ने अभ्यास गर्थे।

त्यसै वेलादेखि बझाङमा भर्खर भर्खर क्रिकेट खेल्न थालिएको थियो। खेल्न सिकेको ६ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाएका थिए। 

विहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उनीहरुको दैनिकी भएको प्रविन्द धामी सम्झन्छन्। 

उनले भने,  “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ। पछि उसको खेलमा निखार आउँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो।”

त्यो वेलामा खेलको महत्व कसैले नबुझेको उनको अनुभव छ। 

“बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले रोक्थे,” धामीले भने, “त्यो वेला हामीलाई भने कुनै दिन हाम्रा खेलाडीलाई पनि अन्तरराष्ट्रिय रंगशालामा सबैको अगाडि खेलेको देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले हाम्रो सपना पूरा भएको छ। त्यो वेलामा हामीसँग रिसाउनेहरुले पनि अहिले खेलको महत्व बुझेका छन्‚ खुशी लाग्छ।”

सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको २ वर्ष भयो। यसपटकको एशिया कपको दोस्रो खेल गरी उनले अन्तरराष्ट्रिय प्रतियोगिताका १८ खेल खेलिसकेकी छन्। 

आइतवार भएको खेलमा भने नेपालले पाकिस्तानसँग नराम्ररी हार्‍यो। पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गर्‍यो। नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकिनन्। 

५ बल सामना गरेकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुले मिडविकेटमा क्याच समातेर आउट गरिन्। 

मंगलवार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो। जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्‍यो भने नेपाल प्रतियोगिताबाट बाहिरियो।

नेपाली चेलीहरुको क्रिकेटको चर्चामाझ सम्झनाका आमाबुवामध्ये एकजनाले पनि खेलको प्रत्यक्ष प्रशारण हेर्न पाएनन्।

“घरको टिभीमा आउँदैन‚ मोबाइल छैन। अरुले भनेको आधारमा छोरीले खेल जितेको/हारेको थाहा पाउँछौँ‚” उनका बुवा देवेन्द्रले भने। 

तर सम्झनाले जुनसुकै ठाउँमा गएर खेले पनि उनले गरिरहेको प्रगतिबाट अहिले उनको परिवार सन्तुष्ट छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending