Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

मन्त्री छान्दा देउवाले एकलौटी लादेपछि शेखर-गगन समूह रुष्ट, सात प्रदेशमा माग्यो ११ मन्त्री

लुम्बिनीमा मन्त्री छनोट गर्दा भूमिकाविहीन बनाइएको भन्दै प्रदेश सभापतिको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र प्रदेश सरकारमा मन्त्री चयनको बिषयमा आन्तरिक विवाद बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले आफूहरुको मागलाई बेवास्ता गरिएको भन्दै शेखर कोइराला(गगन थापा समूहले असन्तुष्टि जनाएको हो।

प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा अहिलेसम्म आफूहरुसँग कुनै छलफल र समन्वय नगरेपछि इतर पक्ष रुष्ट बनेको छ। 

प्रदेश सरकार गठन र आफ्नो समुहको सहभागीताबारे मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा – २ वागमतीमा – ३, गण्डकीमा– २, लुम्बिनीमा – २, कर्णालीमा – १ र सुदुरपश्चिममा – १ गरी ७ प्रदेशमा ११ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको कोइरालाको सचिवालयले जानकारी दिएको छ । 

बैठक सकिएलगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन आफ्नो समूहको धारणा सुनाएको थिए। तर कुनै जवाफ नदिएको बताइन्छ। 

विभिन्न प्रदेशमा सरकार गठनका विषयमा सञ्चारमाध्यमबाट आएका समाचारमा कोइराला बेखबर रहेको बताइएको छ ।

जबकी लुम्बिनीमा सरकार गठन भइसकेको छ । लुम्बिनी प्रदेश समितिका सभापति अमर सिंह पुनले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौट गर्दा संघीयता, समावेशीताको मर्म र पार्टीको विधानविपरीत भएको भन्दै पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश संरचनाप्रति वितृष्णा बढिरहेको समयमा आम कार्यकर्ताको भावनाविपरीत निरंकुश शैलीले पार्टीको प्रदेश संरचना कमजोर बनाइएको बताउँदै उनले पार्टी केन्द्रलाई तत्काल निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभएको राम्रो सन्देश नजाने चेतावनी दिएका छन् ।

लुम्बिनी कांग्रेसमा सभापतिसहित अधिकांश इतर समूहको छन् भने सांसदहरुमा बहुमत संस्थापन समूहका छन् ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि छाएको छ । 

सभापति पुनले केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको पत्रमा प्रदेशको आग्रह मानेर निर्णय नसच्चाएमा त्यसको सन्देश राम्रो नहुने चेतावनी दिएका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending