Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

विपद्को डरले वर्षायाममा रातभर निदाउँदिन : मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताएका छन् । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा कुश्मामा सञ्चालित पाँचदिने राजयोग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपद्को त्रासले रातभर निद्रा लाग्न छाडेको बताए ।

यस वर्षको मनसुन सुरु भएदेखि गण्डकी प्रदेशमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, “जब रातमा वर्षा हुन्छ अनि भोलि बिहान कुन जिल्लामा के घटना घट्छ भन्ने भयले मन त्रसित हुन्छ ।” उनले प्रदेशवासी नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सबै जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको बताए ।

भारी वर्षापछिको बाढीपहिराका कारण गण्डकी प्रदेशमा धेरै सङ्ख्यामा मानवीय क्षति हुनुका साथै पशुचौपाया, घरगोठ, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले उनीहरुको राहत र उद्धारका लागि सरकारले हरदम प्रयास गरेको बताए । उनले जिल्ला जिल्लाबाट राहत र उद्धारका सामग्रीका साथै बजेट माग भइरहेको भन्दै प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सबै जिल्लाका विद्यालयमा नैतिक शिक्षाको पढाइ सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । पछिल्लो समय परिवार र समाजमा नैतिकता, संस्कार, रीतिरिवाजजस्ता प्रचलन हराउँदै गएको भन्दै उनले यसको जगेर्ना गर्नका लागि नैतिक शिक्षा अनिवार्य रुपमा पढाउनुपर्ने आवश्यकता देखिएको बताए ।

मुख्यमन्त्री पाण्डेले केन्द्रमा समीकरण फेरिएसँगै प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तारको प्रक्रिया सुरु भएको र केही दिनमा एमाले र कांग्रेसको सरकार बन्ने दाबी गरे । साउन १३ गतेसम्म सञ्चालन हुने योग प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले सकारात्मक सोच, शान्ति र खुसीको अनुभूति गर्ने विधि, आपसी सम्बन्धमा मधुरता, तनावमुक्त जीवनलगायत बारेमा प्रशिक्षण दिने भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्मा, वरिष्ठ योग प्रशिक्षक राजु घलेलगायतले सम्बोधन गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending