Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

विद्यालयको नामलाई लिएर कुप्रचार गरिएपछि गजेडी माविले दियो चेतावनी

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं २ स्थित गजेडी माध्यमिक विद्यालयले आफ्नो विद्यालयको नाम जोडेर सामाजिक सन्जालमा गलत सन्देश दिने गरी कुप्रचार गरिएकोमा आपत्ति जनाउँदै यस्तो गलत कामलाई निरन्तरता दिए कारबाही गर्ने चेतावदी दिएको छ ।

विद्यालयको बदनाम हुनेगरी सामाजिक सन्जालमा अन्य विद्यालयका विद्यार्थीले चुरोट पिएको, गाजा तानेको फोटाहरु राखेर अभिभावक तथा विद्यार्थी एवम् आम शुभेच्छुकहरुलाई गलत सन्देश दिइएको प्राचार्य रेशमा जोशी वाग्लेले बताइन् ।

बालकक्षादेखि १२ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा भर्ना हुने समयमा यस्ता खालका दुस्पचार हुने उनको भनाइ छ ।

‘विद्यालयको नाम यहाँको ऐतिहासिक विषयलाई जोडेर राखिएको हो, त्यसैका आधारमा पहिले गाविसको नाम थियो, अनि विद्यालयको नाममा गलत सन्देश दिनेगरी यस्तो काम गर्नेलाई साइबर कानुनबाट कारबाहीका लागि आमीले प्रहरी तथा प्रशासनलाई पनि आग्रह गरेका छौं, सबै विद्यार्थी तथा अभिभावकलाई पनि अनुरोध गरेका छौं’ उनले भनिन् ।

सामाजिक सन्जालमा अन्यत्रका विद्यार्थीले चुरोट तानेको, गाँजा तानेको फोटा खोजेर, विद्यालयको बोर्डसहितको फोटा राखेर नामअनुसारको काम, यस्तो छ विद्यालयको नामलगायतका विषय राखेर पोष्ट भइरहेपछि विद्यालय प्रशासनले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो ।

विद्यालयले सार्वजनिक रुपमै विज्ञप्ती जारी गरेर यस्तो अनर्गल प्रचारको पछि नलाग्न र विद्यालयका नामको ऐतिहासिकता बुझ्नका लागि आग्रह गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending