Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

विद्यालयको नामलाई लिएर कुप्रचार गरिएपछि गजेडी माविले दियो चेतावनी

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं २ स्थित गजेडी माध्यमिक विद्यालयले आफ्नो विद्यालयको नाम जोडेर सामाजिक सन्जालमा गलत सन्देश दिने गरी कुप्रचार गरिएकोमा आपत्ति जनाउँदै यस्तो गलत कामलाई निरन्तरता दिए कारबाही गर्ने चेतावदी दिएको छ ।

विद्यालयको बदनाम हुनेगरी सामाजिक सन्जालमा अन्य विद्यालयका विद्यार्थीले चुरोट पिएको, गाजा तानेको फोटाहरु राखेर अभिभावक तथा विद्यार्थी एवम् आम शुभेच्छुकहरुलाई गलत सन्देश दिइएको प्राचार्य रेशमा जोशी वाग्लेले बताइन् ।

बालकक्षादेखि १२ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा भर्ना हुने समयमा यस्ता खालका दुस्पचार हुने उनको भनाइ छ ।

‘विद्यालयको नाम यहाँको ऐतिहासिक विषयलाई जोडेर राखिएको हो, त्यसैका आधारमा पहिले गाविसको नाम थियो, अनि विद्यालयको नाममा गलत सन्देश दिनेगरी यस्तो काम गर्नेलाई साइबर कानुनबाट कारबाहीका लागि आमीले प्रहरी तथा प्रशासनलाई पनि आग्रह गरेका छौं, सबै विद्यार्थी तथा अभिभावकलाई पनि अनुरोध गरेका छौं’ उनले भनिन् ।

सामाजिक सन्जालमा अन्यत्रका विद्यार्थीले चुरोट तानेको, गाँजा तानेको फोटा खोजेर, विद्यालयको बोर्डसहितको फोटा राखेर नामअनुसारको काम, यस्तो छ विद्यालयको नामलगायतका विषय राखेर पोष्ट भइरहेपछि विद्यालय प्रशासनले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो ।

विद्यालयले सार्वजनिक रुपमै विज्ञप्ती जारी गरेर यस्तो अनर्गल प्रचारको पछि नलाग्न र विद्यालयका नामको ऐतिहासिकता बुझ्नका लागि आग्रह गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending