Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बाढीका कारण किसानले भित्र्याउन पाएनन् चैतेधान

खबरडबली संवाददाता

कैलाली । भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाएका थिए । विगत वर्षमा राम्रो उत्पादन दिएपछि उनले छ कट्ठामा लगाउँदै आएको चैतेधानको खेती विस्तार गरेका थिए ।

धानखेती विस्तार गरेका पाण्डेले यस वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् । गत असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको उनले गुनासो गरे । “उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुबान हुने सबै क्षेत्रमा चैतेधान लगाएको थिएँ”, उनी भन्छन्, “पाँच–छ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुबानले सखाप बनायो ।” 

सोही ठाउँका लालप्रसाद न्यौपानेले पनि चैतेधान भित्र्याउन पाएनन् । असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल हुने उनको भनाइ छ । 

“यस वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुन्छ भन्ने आशा जागेको थियो”, न्यौपानेले भने, “धान राम्रो भएको डुबानमा पर्नलाई रहेछ । अहिले धान रोप्ने बेला लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ ।” उनका अनुसार ढिलोगरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन् ।

यस वर्ष किसानले ढिलोगरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुबानले नष्ट हुनपुग्यो । धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी –३ का नेत्र देउवा बताउछन्। 

डुबानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो उनको छ । “समयमा धान काट्ने साधन पाइएन, हातले काट्दा १० कट्ठाको धानमात्रै भित्र्याउन सकियो”, उनले भने, “अरुको साधनको भर परेर खेती लगाउनु पनि दुःख हुँदोरहेछ ।” देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ ।

उत्पादन भएको धान बिक्रीका लागि बजार अभाव रहेको किसान बताउँछन् । बजार मूल्य किसानको छैन । व्यापारीले भनेअनुसार किसानले धान बेच्नुपर्ने बाध्यता छ । 

“सुरुमा तीन हजार छ सय प्रतिक्विन्टल बिक्री गरेको धान केही समयपछि तीन हजारमा बिक्री गर्नुपर्यो”, किसान चन्द्रबहादुर चौधरी बताउछन् । “किसानले सुरुको मूल्य अन्तिमसम्म पाउन सकेको भए राम्रो हुन्थ्यो । सरकारले धानको समर्थन मूल्य तोक्दा चैतेधानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ ।” उनले धानको समर्थन मूल्यसँगै खाद्य संस्थानले धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ । यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन् । बर्खामा हुने बाढी र डुबानका कारण किसानले प्रायः खेती गर्दैनन् । 

“ढिलो वर्षा सुरु भएको वर्ष किसानले प्रायः धानखेती गर्नुहुन्थ्यो । मनसुन छिटो सक्रिय भएपछि अधिकांश जमिन बाँझो रहन्छ”, सुन्दर चौधरीले भने, “जमिन बाँझो हुँदा किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । बाढी र डुबानको विकल्प किसानसँग भए उत्पादनमा ठूलो राहत हुन्थ्यो ।”

बढी डुबान नभएको वर्ष किसानले दुई–तीनपटक चैतेधानको उत्पादन लिने गरेका छन् । असारमा भित्र्याएको चैतेधान डुबानमा नपरे भदौमा पुनः उत्पादन दिन्छ । 

“मैले तीनपटकसम्म एकैपटक रोपेको धान भित्र्याएको छु । आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिएँ”, आन्तु चौधरी भन्छन्, “यस वर्ष एकपटक पनि उत्पादित धान भित्र्याउन सकिएन ।” भजनी क्षेत्रमा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending