Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

हचुवामा डीएसपी र एसपीको सरुवा

बाउन्सरलाई मुद्दा चलाउँदा सरुवा

खबरडबली संवाददाता

काठमाडौं । गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले ५ जना एसपी र ९ जना प्रहरी डीएसपीलाई काज सरुवा गरेको छ । सरुवा गरिएका अधिकृतहरू कार्यक्षेत्रमा ५ महिना र १० महिनामात्रै काम गरेका छन् ।
 
प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयमा नेतृत्व फेरिएपछि हचुवाको भरमा प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने ‘चलन’ स्थापित हुँदै छ । यसअघि रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री नियुक्त भएको १ महिनामा तराईका ६ जिल्लाका प्रहरी उपरीक्षकहरू सरुवा गरेका थिए । त्यसबेला महोत्तरीबाट श्याम कुमार राई र सर्लाहीबाट दयानिधि ज्ञवालीलाई ५१ दिनमा नै फिर्ता बोलाएका थिए ।

तनहुँका इन्चार्ज (एसपी) अपिल राज बोहरा २०८० फागुन १ मा सरुवा भएका थिए । त्यहाँ हाजिर भएको ५ महिनामा नै उनलाई हटाइएको छ । जुवाखालबाट ३ हजार ४ सय बरामद भएका ‘महिला समूह’ र बाघचाल खेल्नेहरूलाई मुद्दा चलाएको भन्दै उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । प्रहरी ऐन र नियमावली विपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने कानुनी व्यवस्था भए पनि हचुवाको भरमा अधिकृतहरू तानिँदै आएका छन् । उनले समन्वय गर्न नसकेको आरोप लगाइएको छ । तर, स्थानीय कांग्रेस नेतृत्वको आग्रहमा गृहमन्त्री रमेश लेखकले उनलाई सरुवा गर्न आईजीपीलाई निर्देशन दिएका हुन् । बोहरालाई हटाएर तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको छ ।

रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत गौरव महतलाई प्रधान कार्यालयले ७ महिनामा हटाएको छ । उनी पुस ९ मा हाजिर भएका हुन् । महत कसैको कुरा नसुन्ने र कानुन बमोजिम कारबाही गर्ने स्वभावका अधिकृतको रूपमा चिनिन्छन् । प्रहरी प्रधान कार्यालयले कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा डीएसपी राजेन्द्र श्रेष्ठलाई पनि अवधि नपुग्दै काज सरुवा गरेको छ ।

बाउन्सरलाई मुद्दा चलाउँदा सरुवा

पोखरास्थित वडा प्रहरी कार्यालय बदामका डीएसपी राजेन्द्र श्रेष्ठलाई क्लब सञ्चालकको दबाबमा सरुवा गरेको आरोप छ । डीएसपी श्रेष्ठ २०८० असोजमा बैदाममा हाजिर भएका थिए । श्रेष्ठले क्लब–१६ मा कार्यरत दुई जना बाउन्सरलाई मुद्दा चलाएको कारण सो क्लबको संचालकलको दबाबमा सरुवा गरिएको आरोप छ ।

असार १५ मा बिहान ग्राहकलाई कुटपिट गरेपछि मुस्ताङ घर भएका रिजन गौतम र पोखरा–१० बस्ने बिबेक गुरुङलाई पक्रेर वडा प्रहरी कार्यालय बैदामले मुद्दा चलाएको थियो । उनीहरू सो क्लबका बाउन्सर हुन् । उनीहरूले पोखरा महानगरपालिका–११ बस्ने उनीहरूले मुस्ताङ घर भएका २१ वर्षीय आयुष थापालाई हेलमेटले कुटेका थिए ।

बाउन्सरलाई मुद्दा चलाएपछि क्लब सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीलाई सरुवा गर्ने लबिङ गरेको पोखराका व्यवसायीहरू बताउँछन् । रेस्टुरेन्ट व्यवसायी सङ्घ पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन्, ‘पोखराका पर्यटन व्यवसायीहरुको नाममा उजुरी हालिएको रहेछ, व्यवसायीलाई त्यसबारे जानकारी छैन ।’

आपराधिक घटनामा कारवाहीको दायरामा ल्याउँदा सरुवा गरिएको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी र गण्डकी प्रदेशका डीआईजीलाई ज्ञापन पत्र बुझाउन लागिएको भट्टराईले बताए । उनले भने, ‘यसबारे हामी प्रमुख जिल्ला अधिकारी र प्रदेशका डीआईजीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउँदै छौं ।’

बैदाममा सन्तोष निरौलालाई पठाइएको छ । रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राईलाई पठाइएको छ ।

उदयपुरमा कार्यरत एसपी रमेश थापा र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदिप पाठकलाई पनि सरुवा गरिएको छ । भोजपुरमा डीएसपी युवराज तिमिल्सिनालाई खटाइएको छ । थापा र पाठकलाई माग अनुसार नै फेरबदल गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । पाठक २०८० भदौ १५ मा र थापा २०८० असोजमा उदयपुरमा गएका हुन् ।
 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानले तैनाथ गर्‍यो लामो दूरीको मिसाइल

टोकियो ।  क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अ...

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको रायअनुस...

सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

काठमाडौँ ।  भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...

क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । ...

रौतहट अदालतबाट ५० हजार घुससहित डिठ्ठा रंगेहात पक्राउ

काठमाडौं । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिठ्ठा सिंहलाई ५० हजार...

युवालाई खेलकुदमा समाहित गर्नुपर्छः मन्त्री पोखरेल

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट ...

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending