Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

खण्डहर बने गाउँका पुराना ‘दरबार’

खबरडबली संवाददाता

धनकुटा । दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगाका भव्य संरचना देखेर मोहित हुन्थे तर अहिले मुगा गाउँका ती आलिसान महल खण्डहरमा परिणत हुँदै छन् । 

पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको मुगा गाउँको बिचमा रहेको ५२ ढोकाको घर पनि दरबारकै रूपले परिचित थियो । पूर्वप्रधानमन्त्री थापाको ५२ ढोके ऐतिहासिक घर द्वन्द्वकालमा भत्कियो । २०१५ सालमा मुगाबाट काठमाडौं आए पनि जुनसुकै अवस्थामा जन्मभूमि बिर्सिन हुँदैन भन्दै उहाँ जन्मघर पुगिरहनुहुन्थ्यो ।

उनका छोरा सुनीलबहादुर थापाले २०५८ सालसम्म बुवा र आफूहरू मुगाको घरमा आउजाउ गर्ने गरेको स्मरण गरे । तत्कालीन किराँत वर्कर्स पार्टीका कार्यकर्ताले घरमा आगो लगाइदिए । अहिले पूर्वप्रधानमन्त्री थापा मुगा गएर बस्ने घरको नामनिसान छैन । सूर्यबहादुर थापा ट्रस्टको नामबाट पुरानै शैलीको घर बनाउने भनिएको बर्सौं भए पनि अहिलेसम्म निर्माण थालिएको छैन । 

पाख्रिबास नगरपालिका–८, मुगामा पूर्वप्रधानमन्त्री थापासँगै अजितनारायणसिंह थापा, अर्जुन थापा, सुनीलबहादुर थापा, कुमार थापा पनि मुगामै जन्मिएका हुन् । प्रायः सबै थापा परिवारको घर मुगामा दरबारिया शैलीमा निर्माण भएका थिए तर पछिल्लो समय ती घर नासिने क्रममा छन् । अजितनारायणसिंह थापा र अर्जुन थापाको घर पनि संरक्षण अभावमा जीर्ण बनेका छन् । 

स्थानीय चन्द्रमणि घिमिरेले पुराना घर संरक्षणमा नयाँ पुस्ताले चासो नदिएका कारण मुगामा ऐतिहासिक घर मासिने क्रम बढेको बताए । उनले भने, “पुराना पुस्ता अहिले छैनन् । नयाँ पुस्ता काठमाडौँ, विराटनगर र विदेश पुगेका छन् । अनि यहाँ कसले हेरिदिने, संरक्षण गरिदिने ?” 

स्थानीय कपिल थापाका अनुसार बसाइँसराइका कारण घर कुरिदिने कोही नहुँदा ऐतिहासिक घरको संरक्षण हुन नसकेको हो । उनले पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचारमा कसैको ध्यान नपुग्दा मुगा गाउँ नै ओझेलमा परेको बताए । 

आन्तरिक पर्यटक पुगिरहने मुगा अहिले सुनसान छ । पहिले मुगामा निकै चहलपहल हुन्थ्यो तर ‘थापाकाजी’ हरू विस्थापित भएसँगै गाउँमा चहलपहल छैन । थापाहरूले गाउँ छाडे पनि स्थानीय सरकारले बाँकी रहेका संरचना जोगाएर सडक बनाइदिए पर्यटक फर्काउन सकिने विश्वास स्थानीयको छ । 

मुगा र थापाको सम्बन्ध

धनकुटा बजारबाट उत्तर पश्चिमतर्फ रहेको मुगा गाउँ गाडीमा एक घण्टामा पुगिन्छ । पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको त्यही ठाउँ पुगेको र बसोबास गरेको मुगाली थापाको वंशावलीमा उल्लेख छ । स्थानीय कुमारबहादुर थापाका अनुसार कालान्तरमा यो गाउँ उनै रामकृष्णका सन्तानले भरिएपछि मुगाली थापा भनेर चिनिन थाल्यो । उनले भने, “पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला माँझकिराँत जितेर हतुवागढी र हतुवागढी जितेर अरुण तरेर मुगासम्म आइपुग्दा पृथ्वीनारायण शाह आफू फर्किएर रणबहादुर शाहलाई जिम्मा दिएको इतिहास छ । त्यो बेला गोर्खाली सेनाको कमान्डर सरदार रामकृष्ण थापा थिए । त्यो बेला पहिलो क्याम्प मुगाको राजदेवीमा खडा भएको हो ।”

तर, पछिल्लो समय अधिकांश थापा परिवार यहाँबाट बसाइँ सरिसकेका छन् । त्यससँगै बर्सौं पुराना इतिहास र कलाकौशल देख्न पाइने मुगामा पुराना घर मासिँदै छन् । दुई दर्जनभन्दा बढी रहेका यस्ता घर अहिले केही मात्र छन् । थापाले ती घर पनि संरक्षण अभावमा जीर्ण भएको बताए । 

मुगामा दरबारिया शैली 

मुगामा ठुला र दरबारिया शैलीका घर निर्माणको कथा बेग्लै छ । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले चिनियाँ राजदूतावासबाट ल्याएको चियाको बिरुवा कप्तान करवीर थापाले इलाम लगेर इलाममा चिया विस्तार गरेका थिए । इलाममा बसोबास गर्दै गर्दा करवीरको आउजाउ दार्जिलिङतिर हुन थालेपछि दार्जिलिङबाट टाटाको टिन ल्याएर कलात्मक घर बनाउन सुरु गरेका थिए ।

पछि उनका छोरा लप्टन टेकबहादुर थापाले तत्कालीन राणाहरूको सहयोगमा मुगामै ५२ ढोके दरबार शैलीको घर निर्माण गरेका थिए । धनकुटाको इतिहासका जानकार गोपाल भण्डारीले क्रमशः अन्य थापा परिवारले पनि आकर्षक घर निर्माण गरेको बताए । उनले अधिकांश घर राणाकालीन समयमा बनेको दाबी गरे । 

उनले भने, “थापा परिवारका व्यक्ति कृषि कर्म गर्ने सरकारी जागिर खाने, जागिरका क्रममा विभिन्न ठाउँ घुम्ने र राणासँँग नजिक भएकाले बाहिर देखेको जस्ता ठुला र आकर्षक घर निर्माण गर्न तत्कालीन राणाहरूले पनि अवरोध गर्दैनथे । त्यसैले थापाहरूले अरूको भन्दा ठुला र आकर्षक घर बनाएका हुन् ।”

धनकुटाका अन्य ऐतिहासिक घर 

मुगासहित छथरजोरपाटी गाउँपालिकाको सिबुवा, तेलिया तथा महालक्ष्मी नगरपालिका–५, लेगुवा आसपास तथा धनकुटा नगरपालिकामा दरबारिया शैलीका घर निर्माण भएको जानकारहरू बताउँछन् । सिबुवा पूर्वप्रधानमन्त्री नगेन्द्र रिजाल जन्मिएको गाउँ हो । उनका पितापुर्खाले सो गाउँमा तत्कालीन समयमा दरबारिया शैलीका घर निर्माण गरेका थिए । 

त्यस्तै राणाकालीन समयमा नरपति आचार्यले तेलियामा तथा चन्द्रप्रसाद आचार्य, यज्ञप्रसाद आचार्यलगायतका आचार्यले सिबुवामा दरबारिया शैलीका घर निर्माण गरेका हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्यले बताए । तर अहिले ती दरबारिया शैलीका घर मासिइसकेको उनको भनाइ छ । त्यस्तै लेगुवामा नागेश्वर गुठीका महन्तहरूले तत्कालीन समयमा त्यस्ता घर निर्माण गर्ने गरेको खोजकर्ता गोपाल भण्डारीले बताए । तर, पछिल्लो समय ती घरको समेत नामोनिसान छैन । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ५२ ढोके घर भएको ठाउँमा ‘सूर्यबहादुर थापा मेमोरियल म्युजियम’ बनाउने तयारी गरिएको छ । पुरानो घर भग्नावशेष भएपछि सोही स्थानमा सङ्ग्रहालय बनाउन लागेको छोरा सुनीलबहादुर थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा सहरी विकास कार्यालयमार्फत डिपिआर निर्माणको काम भइरहेको उनको भनाइ रहेकाे समाचार गोरखापत्र दैनिकमा धनकुटाबाट कविराज घिमिरेले लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending