Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

ओली सरकारका मन्त्री एक वर्षमा फेरिने

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक स्थिरताका लागि भन्दै दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारको दिनगन्ती सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमै सहभागी मन्त्रीले प्रधानमन्त्री दुई वर्षमा र मन्त्री एक वर्षमा फेरिने खुलासा गरेका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितका दलहरूबीच गठबन्धन सरकारमा ‘प्रधानमन्त्री र मन्त्री आलोपालो’ हुने सहमति भएको छ । एमाले, कांग्रेस गठबन्धन सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेत सहभागी छन् । जसपाले दुई र लोसपाले एक मन्त्रालय पाएको छ ।

राजनीतिक स्थिरताका लागि भनेर गरिएको गठबन्धनबाट समेत स्थिरता नहुने देखिन्छ । संसद्को बाँकी कार्यकाल एउटै नेता प्रधानमन्त्री र मन्त्री नहुने भएपछि राजनीतिक स्थितरता कसरी हुन्छ भन्दै प्रश्न उठेको छ । प्रधानमन्त्री र मन्त्री आलोपालो फेरिने भएपछि गठबन्धन हेरफेरको राजनीतिक खेल जारी नै रहनेछ ।

ओली सरकारमा सहभागी भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । गत १७ असारमा एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच भएको सहमतिनुसार संविधान संशोधन गर्ने, सुशासन, समृद्धिसहितका एजेन्डाका साथै सरकारको नेतृत्वसमेत आलोपालो गर्ने सहमति भएको छ ।

यद्यपि सो सहमति अझै सार्वजनिक गरिएको छैन । सहमतिनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भइसकेका छन् । दोस्रो चरणमा चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन् ।

ओली र देउवाले २१–२१ महिना सरकारको नेतृत्व गर्दै गर्दा मन्त्री एक वर्षमै फेरिने बताइएको छ । ६२औं इन्जिनियर दिवसका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री दाहालले प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । उनले कांग्रेस र एमालेका बीचमा भएको सहमतिका आधारमा संसद्को बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।

कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको मन्त्री दाहालको दाबी छ । ‘यो अन्तिम हो ’cause दुईवटा ठूला दल मिलेर सरकार बनेको छ, अब यहाँभन्दा हुने त केही छैन, ५–७ वटा दल मिलेर सरकार बन्दाखेरि कहिले सरकार ढल्ने हो ? त्यही भए पनि राखेको छ, कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने,’ दाहालले भने, ‘हामीले एउटा प्रतिबद्धता गरौं भनेर दुईवटा ठूला दल मिलेका हौं र यो खुला पनि छ, पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन, अघिल्लो दुई वर्ष एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ, त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।’

मन्त्री दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन खोजिएको दाबी गरे पनि आफैंले सरकार फेरिरहने पनि बताए । यो सरकार र गठबन्धन सफल बनाउन लागिपरेको उनको भनाइ थियो । वर्तमान गठबन्धनलाई असफल हुने छुट नभएको टिप्पणी उनको छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री एक वर्षमा फेरिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुप्ताले आगामी एक वर्षमा मन्त्रीको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने स्पष्ट पारेका छन् ।

ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी उनको छ । त्यही भएर सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकारे ।

‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होइन, यो टिम एक वर्षका लागि हो,’ मन्त्री गुप्ताले भने, ‘त्यसपछि सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा अर्को टिम आउँछ, दलित पनि आउँछन्, महिलाको संख्या पनि बढ्छ, राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ, अरू पार्टीसँग पनि कुरा हुँदै छ, एक–दुई दिनमा उहाँहरू पनि सहभागी हुनुहुनेछ ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending