काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
ओलीको निर्देशन उनले यसरी सुनाए
माननीय मन्त्रीज्यूहरूले एक महिनाभित्र केही न केही फरक चाहिँ देखाउनु पर्यो आफ्नो मन्त्रालयको काम। ६ महिना भित्र यो क्याबिनेटले यो सरकारले काम गर्ने भयो भनेर जनतालाई ढुक्क हुने स्थिति बनाउने। एक वर्ष भित्र इन्किेटरको हिसावले पनि देखिने गरी परिवर्तन आउनुपर्यो। परिणाममुखि देखिनु पर्यो भनेर निर्देशन दिनु भएको छ।
अहिलेसम्म हाम्रो के छ भने कामका एउटा मन्त्रालय र अर्को मन्त्रालयको बीचमा समन्वय नै नहुने। भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ। खानेपानी आएर ब्वाङ्ग भत्काएर पानीको पाइप लैजान्छ। अनि त्यसले त्यो त्यत्तिकै छोडिदिन्छ। खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय छैन।
कहिले कहिले केवुल बिछ्याउने नाममा संचार मन्त्रालयले सबै भत्काउँछ। त्यो काम त्यत्तिकै असरल्ल बनाएर छोड्छ। यो चाहिँ मन्त्रालयहरूबीच समन्वय नभएर यो समस्या भएको हो। त्यसकारण मन्त्रालयहरुबीचको कामको समन्वय हुनु पर्यो। यस्ता देखिने सानातिना सबै समस्या समाधान हुनुपर्यो भन्ने निर्देशन दिनुभएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: