Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- एक महिनाभित्र जनताले अनुभूति गर्ने काम देखाउनुस्

खबरडबली संवाददाता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। 

ओलीको निर्देशन उनले यसरी सुनाए 

माननीय मन्त्रीज्यूहरूले एक महिनाभित्र केही न केही फरक चाहिँ देखाउनु पर्‍यो आफ्नो मन्त्रालयको काम। ६ महिना भित्र यो क्याबिनेटले यो सरकारले काम गर्ने भयो भनेर जनतालाई ढुक्क हुने स्थिति बनाउने। एक वर्ष भित्र इन्किेटरको हिसावले पनि देखिने गरी परिवर्तन आउनुपर्‍यो। परिणाममुखि देखिनु पर्‍यो भनेर निर्देशन दिनु भएको छ।

अहिलेसम्म हाम्रो के छ भने कामका एउटा मन्त्रालय र अर्को मन्त्रालयको बीचमा समन्वय नै नहुने। भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ। खानेपानी आएर ब्वाङ्ग भत्काएर पानीको पाइप लैजान्छ। अनि त्यसले त्यो त्यत्तिकै छोडिदिन्छ। खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय छैन। 

कहिले कहिले केवुल बिछ्याउने नाममा संचार मन्त्रालयले सबै भत्काउँछ। त्यो काम त्यत्तिकै असरल्ल बनाएर छोड्छ। यो चाहिँ मन्त्रालयहरूबीच समन्वय नभएर यो समस्या भएको हो। त्यसकारण मन्त्रालयहरुबीचको कामको समन्वय हुनु पर्‍यो। यस्ता देखिने सानातिना सबै समस्या समाधान हुनुपर्‍यो भन्ने निर्देशन दिनुभएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending