काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउ समयमै पाउने जिकिर गरे ।
उनले भने,‘मलाइ विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु । म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यकता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु । मलाइ विश्वास पनि छ यो मलको समस्या आगामी दिनमा आउने छैन । ’
साथै उनले कृषि प्राविधिकहरूको आन्दोलन आज मात्र थाहा पाएको बताए । उनले यो आन्दोलनलाई अर्थ मन्त्रालयसँग परामर्श लिएर छिटो भन्दा छिटो समस्या समाधान गर्ने बताए ।
२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुन् । पार्टीको मूल राजनीतिबाटै उदाएका उनी २०३६ सालको जनमत सङ्ग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी भएका थिए । उनी गिरिजाप्रसाद कोइरालाकै निकट व्यक्ति मानिन्थे ।
२०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित उनी पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेका थिए । उनी यसअघि दुई पटकसम्म जिल्ला सभापति भएका थिए । लगातार दुई पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उनले एक कार्यकाल सभापति छाडेका थिए ।
२०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित भएका उनले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाएनन् । २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित भएका थिए । यस पटक भने अधिकारीले टिकट पाएर जित्न सफल भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: