Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

यो संविधान संशोधन होइन खारेज गर्नुपर्छः माेहन वैद्य 'किरण'

खबरडबली संवाददाता

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समितिले अहिलेको संविधान पूर्ण रूपमा खारेज गरी जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द पार्न आह्वान गरेको छ ।

संयोजक ‘किरण’ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धनले संविधान संशोधन गर्ने सहमति गरेको भनेर कतिपय नेताले भन्दै आएको अवस्थालाई लक्षित गर्दै देश र जनताको समस्या समाधान गर्न नभएर साम्राज्यवाद र विस्तारवादले आफ्नो स्वार्थ पूरा गर्न यो एजेन्डा उठाएको जिकिर गरेका छन् ।

‘त्यसकारण समस्याको समाधान यो संविधानको संशोधन होइन, यसको पूर्ण खारेजी र त्यसका ठाउँमा जनगणतान्त्रिक संविधान निर्माण हो,’ किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

अहिलेको राजनीतिक अस्तव्यस्तता कुनै एउटा अमुक संसदवादी पार्टी वा गठबन्धनको असफलताको कारणले पैदा भएको नभएर प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको परिणाम रहेको संयोजक किरणको ठहर छ । ‘त्यसकारण, देश र जनताले विगतदेखि निरन्तर भोग्दै आएका समस्या आज एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन खडा गरेर समाधान हुन सक्दैन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘त्यसमाथि, संसद्‍मा पहिलो र दोस्रो स्थानमा रहेका संसदवादी राजनीतिक दलहरूका बिचमा बनेको नयाँ गठबन्धन संसदीय व्यवस्थाको आम मान्यता विपरीत मात्र छैन, यसले आउने दिनमा देशलाई थप फासीवादको दिशामा लैजाने कुरा प्रस्ट गरेको छ ।’

जोसँग र जस्तो गठबन्धन गरेर भए पनि सत्तामा पुग्नै पर्ने नेपाली संसदीय राजनीतिले भ्रष्टाचारलाई संस्थागत गर्ने, देशलाई थप कङ्गाल र अझ बढी परनिर्भर बनाउने कुरामा कुनै शङ्का नरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending