काठमाडौं । जेलमा भएका कैदीहरुलाई राष्ट्रिय गौरवको आयोजनामा श्रममा लगाउन प्रस्ताव गरिएको छ । कारागार व्यवस्थापन विभागले गरेको सो प्रस्ताव गरेको हो ।
कैदीबन्दीलाई काममा लगाएर ज्याला दिन प्रस्ताव गरिएको र सो प्रस्ताव अहिले गृह मन्त्रालयले अघि बढाएको कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले बताए ।
उनका अनुसार अहिले कारागार नियमावली–२०२० कार्यान्वयनमा छ । कारागार ऐन–२०७९ अनुसार नयाँ नियमावली निर्माणको चरणमा छ । नयाँ नियमावलीमा त्यससम्बन्धी प्रस्ताव गरिएको निर्देशक पाण्डेले जानकारी दिए । प्रस्तावमा अदालतको फैसला अनुसार जेलमा बसेका कैदीहरुलाई सुरक्षा निकायले निर्माणको जिम्मा लिएको गौरवको आयोजनामा काममा लगाउनुपर्ने उल्लेख छ ।
कारागारमा लघु उद्यम केन्द्र स्थापना गर्न पनि प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले खुला कारागारको अवधारणा अनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यमका रोजगारीसँग आवद्ध गर्ने घोषणा गरेका थिए । अहिले कारागारमा कैदीहरुले मुढा, गलैंचा, बत्ति, ह्याण्डीक्राफ्ट बनाउने काम गर्दै आएका छन् ।
लघुउद्यम ठुला १० वटा कारागारबाट नमुना आयोजनाको रुपमा सुरु गर्न विभागले प्रस्ताव गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: